चीनबाट फर्किनेबित्तिकै मुइज्जुको रवैया परिवर्तन!

Maldives-President-and-Chinese-President-1

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले चीनबाट फर्किएपछि मात्रै आफ्नो रवैया देखाउन थालेका छन्। माल्दिभ्स फर्कने बित्तिकै उनले भारतलाई आफ्नो सेना फिर्ता गर्न आग्रह गरे। तर, यसपटक यो विषय निकै गम्भीर बनेको छ, किनकि अब मुइज्जुले यसबारे समयसीमा दिएको छ। माल्दिभ्सले भारतीय सेनाले १५ मार्चसम्ममा देश छोड्न भनेको छ। सी जिनपिङसँगको भेटपछि मुइज्जुको रवैया परिवर्तन भएको देखिन्छ। माल्दिभ्सको राष्ट्रपति कार्यालयका सार्वजनिक नीति सचिव अब्दुल्ला नाजिम इब्राहिमले भने, ‘भारतीय सैनिकहरू माल्दिभ्समा बस्न सक्दैनन्। यो राष्ट्रपति मोहम्मद मुइज्जु र यो प्रशासनको नीति होl’ संचारमाध्यमको  रिपोर्टअनुसार हाल माल्दिभ्समा ८८ भारतीय सैनिक रहेका छन्। करिब दुई महिनाअघि पनि राष्ट्रपति मुइज्जुले भारतीय सेना फिर्ता गर्ने कुरा गरेका थिए। मोहम्मद मुइज्जु आफ्नो भारत विरोधी अडानका लागि परिचित छन्l माल्दिभ्स र भारतले सेना फिर्ता गर्ने विषयमा छलफल गर्न उच्चस्तरीय कोर ग्रुप बनाएका छन्। समूहको पहिलो बैठक आइतबार विदेश मन्त्रालयको मुख्यालय मालेमा बसेको थियो। उक्त भेटमा भारतीय उच्चायुक्त मुनु महावर पनि उपस्थित थिए। नाजिमले बैठकको पुष्टि गर्दै १५ मार्चसम्ममा सेना फिर्ता गर्न बैठकको एजेण्डा रहेको बताए। माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्नु मुइज्जुको मुख्य चुनावी वाचा हो।

चीनको चार दिने भ्रमण सकेर फर्किएपछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले शनिबार भारतविरुद्ध कडा बयान दिएका छन्। यसमा उनले आफ्नो देश सानो हुनसक्छ, तर ‘यसले हामीलाई धम्की दिने इजाजत कसैलाई नदिने’ भनेका छन्।’ मुइज्जुले यस्तो बयान दिएका थिए, जब माल्दिभ्सका मन्त्रीहरूले प्रधानमन्त्री मोदीविरुद्ध अपमानजनक टिप्पणी गरेका थिए। यसले दुई देशबीचको कूटनीतिक सम्बन्ध बिग्रिएको छ। चीन भ्रमणबाट फर्किएर उनले कुनै पनि देशको नाम नलिई सञ्चारमाध्यमसँग भने, ‘यो समुन्द्रमा हामीसँग साना टापु छन् तर ९ लाख वर्ग किलोमिटरको विशाल विशेष आर्थिक क्षेत्र छ। माल्दिभ्स यस महासागरको सबैभन्दा ठूलो भाग भएको देश होl’ नोभेम्बरमा कार्यभार सम्हालेपछि मुइज्जुको यो पहिलो चीन भ्रमण हो। भारतमाथि अप्रत्यक्ष निशाना राख्दै राष्ट्रपति मुइज्जुले भने, ‘यो महासागर कुनै खास देशको होइन। यो (भारत) महासागर यस क्षेत्रमा अवस्थित सबै देशहरूको होl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *