सिक्किमका पूर्व राज्यपाल श्रीनिवास पाटिलकी धर्मपत्नीको निधनमा चामलिङद्वारा शोक प्रकट

Screenshot_20240114_215414_Instagram.jpg

गान्तोक: पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङले सिक्किमका पूर्व राज्यपाल श्रीनिवास पाटिलकी धर्मपत्नी रजनी पाटिलको निधनको खबरले आफु स्तब्ध बनेको बताएका छन्।

स्वर्गीय पाटिल ७६ वर्षकी थिइन्। उनले पुणेको रूबी अस्पतालमा अन्तिम सास लिइन्।

एसडीएफ अध्यक्षले आज जारी आफ्नो शोक सन्देशमा भनेका छन्, रजनी पाटिलको जन्म २६ जुलाई, १९४८ मा महाराष्ट्रको सतारामा भएको थियो। उनी जब सिक्किमकी प्रथम महिला थिइन्, त्यसताक उनले सिक्किमका जनताको आमाको भूमिका र जिम्मेवारी वहन गरेकी थिइन्। उनले आफ्नो वरपरका सबैलाई प्रोत्साहन दिइन् र उनीहरूलाई आशा दिइन्। उनलाई खेल, विशेषगरि स्वीमिङको शौक थियो र उनी एक समर्पित सामाजिक कार्यकर्ता थिइन्।

चामलिङले उनको मृत्यु उनका परिवारको निम्ति मात्र नभएर सिक्किमका जनताको निम्ति पनि ठूलो क्षति बताएका छन्। उनले यस दुखको घडीमा सिक्किमका पूर्व राज्यपाल श्रीनिवास पाटिल, छोरा सारङ पाटिल र परिवारमा हार्दिक समवेदना व्यक्त गरेका छन्। ईश्वरले उनीहरूलाई यो अपूरणीय क्षति सहन गर्ने शक्ति प्रदान गरुन् भनी उनले प्रार्थना पनि गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *