गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमवासीहरूमा मकर संक्रान्तिको हार्दिक शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज जारी आफ्नो सन्देशमा सांस्कृतिक धरोहरमा माघे संक्रान्ति जस्ता चाडहरूको महत्वमाथि बल दिॅंदै साम्प्रदायिक सद्भावलाई बढावा दिन र सामाजिक बनावटलाई सशक्त बनाउन यी चाड पर्वहरूको भूमिकामाथि महत्वपूर्ण रहेको बताएका छन्। मुख्यमन्त्री तामाङले आफ्नो सन्देशमा देशभरि विभिन्न नामले मनाइने यी चाड पर्वले हाम्रो प्रदेशमा रहेका विविध समुदायबिच मित्रतात्र सद्भाव र सहिष्णुता बढाउन योगदान पुऱ्याउने बताएका छन्। यस विशेष दिनमा मुख्यमन्त्रीले सबैको सुस्वास्थ्य, खुशी, शान्ति र समृद्धिको कामना गर्दै यो चाडले सिक्किमेहरूबिच भाइचारा र मित्रताको बन्धनलाई बलियो बनाउने छ भनी आशा व्यक्त गरेका छन्।