ब्ल्याक क्याट डिभिजनद्वारा रिनाकमा पूर्व सैनिक र्याली आयोजित

n5742365761705248465797c613db8a1576e18f3ce8a521d4b5b0ccccd1943265d25b63c4f68ea71dddd21f.jpg

रिनाक: भारतीय सेनाको ब्ल्याक क्याट डिभिजनले आइतवार पूर्व सिक्किमको रिनाकमा पूर्व सैनिक र्याली आयोजन गऱ्यो। कार्यक्रममा ४०० भन्दा धेरै पूर्व सैनिक र उनीहरूका आश्रितहरूको उपस्थिति रहेको थियो, जसकारण कार्यक्रम भव्यरूपमा सफल बनेको ब्ल्याक क्याट डिभिजनले आज जारी प्रेस विज्ञप्तिमा बताएको छ।

कार्यक्रममा देशप्रति नि:स्वार्थ योगदान र समर्पणको निम्ति वीर नारी, वीर माता र भेटरन्सलाई कृतज्ञता व्यक्ति गरियो। यस अवसरमा पूर्व सैनिकहरूका विभिन्न समस्या र गुनासोहरूलाई सम्बोधित गर्न धेरै स्टलहरू पनि लगाइएको थियो। यस कार्यक्रमको माध्यमद्वारा भेटरन्स र उनीहरूका परिवारहरूको निम्ति लम्बित मुद्दाहरूको समाधान गर्न एउटा साझा मञ्च उपलब्ध गराएको बताइएको छ। यस अतिरिक्त, कार्यक्रममा खॉंचोमा रहेका मानिसहरूको निम्ति चिकित्सा शिविरको पनि आयोजना गरिएको थियो।

यस आयोजनको विजयी परिणामको श्रेय बिहार रेजिमेन्टको तेस्रो बटालियनलाई जान्छ भनी प्रेस विज्ञप्तिमा उल्लेख छ। यो पहल राष्ट्र र भारतीय सेनाको सेवामा प्रदान गरिएको दृढ निष्ठा र नि:स्वार्थ सेवाको निम्ति भेटरन्स, शहीद नायक र उनीहरूका परिवारहरूलाई मान्यता र श्रद्धाञ्जलि दिन भारतीय सेनाको अटूट प्रतिबद्धताको प्रमाण रहेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *