सिक्किमे समाजलाई विभाजन गर्ने विपक्षी दलको षडयन्त्र अब चल्दैन: जेकब खालिङ
गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको क्षेत्रस्तरीय सांगठनिक जनसभा आज दरामदिन समष्टिमा भव्यरूपमा सम्पन्न भयो।
आजको क्षेत्रस्तरीय सांगठनिक जनसभामा मुख्य अतिथिकोरुपमा मन्त्री लोकनाथ नेपाल उपस्थित थिए भने विशिष्ट अतिथिहरूमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, सोरेङ जिल्लाका उपाध्यक्ष्य प्रभारी डीबी गुरुङ, क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पा लगायत पार्टीका अन्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै खालिङले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले सिक्किमे जनताको निम्ति शुरु गरेको विभिन्न विकासका योजना साथै कार्यबारे जानकारी गराए। गरीब जनताको मर्मलाई बुझेर अनि सबैको जीवन स्तरलाई माथि उठाउने उद्देश्यले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले जनताको निम्ति विभिन्न योजनाहरू शुरू गरेको प्रकाश पारे। यसका साथै अब यो निर्वाचन क्षेत्रले सबैसँग हातेमालो गरेर क्षेत्रको विकासको निम्ति आगामी आम चुनावमा टेबल ल्याम्पको चिन्हमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको उम्मेदवारलाई विजयी गराउनु पर्ने पनि आग्रह गरे।
यसरी नै अब आगामी महिनाहरुमा सरकारले जनतालाई वितरण गर्ने विभिन्न सहुलियतहरुबारे पनि उनले प्रकाश परे। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आफ्नो सरकारको स्थापनाकालदेखि नै समावेशी राजनीति गरेको बताए। दही जस्तो जमेर बसेको सिक्किमे समाजलाई छताछुल्ल पार्न विपक्षी पार्टीले देश बाहिरबाट खेतालाहरू ल्याएको प्रमाणित भइसकेको पनि उनले दाबी गरे। तर, विपक्षी दलले जतिनै षड्यन्त्र गरे पनि यसको उत्तर जनताले दिने विश्वस्त व्यक्त गरे।
अब विपक्ष अनि उनको नाइकेको सिक्किमे जनतालाई जात जातमा विभाजन गर्ने घृणित राजनीति टिक्दै नटिक्ने उनले ठोकुवा गरे। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमे जनताको निम्ति गरेको कार्यहरूको कारण जनताले अब २०२४ को चुनावमा ३२ मा ३२ सिटमा विजयी बनाउने मन बनाएको मनतव्य प्रकट गरे।
सोही प्रकारले कार्यक्रमलाई सम्बोधन गर्दै किसान प्रकोष्ठका उपाध्यक्ष प्रभारी एवं कृषि मन्त्रीले मूख्यमन्त्री प्रेमसिंह तामाङले देशमानै कुशल अनि दक्षताको साथमा सरकार सञ्चालन गरीरहेको सबैलाई जानकारी गराए।
यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पाले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारमा क्षेत्रमा भएको विभिन्न विकासीय कार्यहरूबारे प्रकाश पारे। उक्त कार्यक्रममा उपाध्यक्ष प्रभारी आरबी सुब्बा, सारथी वेलफेयर बोर्डका अध्यक्ष अनि युवा संयोजन सविन सुब्बाले पनि सम्वोधन गरेका थिए।