सामाजिक सञ्जालमा फर्किइन् सेलेना गोमेज

Selena-Gomez

लसएन्जल्स: अमेरिकी गायिका तथा अभिनेत्री सेलेना गोमेज सामाजिक सञ्जालमा फर्किएकी छिन्। एक दिनअघि मात्र सामाजिक सञ्जालबाट केही दिनका लागि ‘ब्रेक’ लिने घोषणा गरेकी गोमेज घोषणाको २४ घण्टा नबित्दै सामाजिक सञ्जालमा झुल्किएकी हुन्। उनले इन्स्टाग्राममा सेफ गोर्डन रामसेसँगको सहकार्यमा कुकिङ भिडियो पोस्ट गरेकी छिन्। ‘गोर्डनग्राम मेरो भान्सामा आए र बर्गर कसरी बनाउने भन्ने कुरा सिकाए’ ३१ वर्षीया सेलेनाले इन्स्टाग्राममा लेखेकी छिन्। उनले इन्स्टाग्राममा बर्गर बनाउन सिकाउँदै गरेको भिडियो क्लिप पनि राखेकी छिन्। १४ मिनेटको भिडियोमा ५७ वर्षे रामसेले सेलेनालाई बर्गरको सामाग्री बनाउन, अण्डादेखि टर्कि बेकनको प्रयोगलगायतका कुरा सिकाएका छन्। गत मंगलबार सेलेनाले इन्स्टाग्रामको स्टोरीमा निर्माता प्रेमी बेनी ब्लान्को र दुई बालबालिकासँग खेल्दै गरेको भिडियो पोस्ट गरेकी थिइन्। ‘म केही समयका लागि सामाजिक सञ्जालबाट टाढिँदैछु’, उनले लेखेकी थिइन्, ‘केही महत्वपूर्ण कुरामा ध्यान केन्द्रीत गर्न चाहन्छु।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *