गोरुबथानः हिजो गोरुबथान खण्डको गितडाब्लिङमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको जानकारी प्राप्त भएको छ। यस शिविरको आयोजना आशा फाउन्डेसन तथा जनकल्याण समाज गितडाब्लिङले गरेको थियो। यस भेकका मानिसहरूका नेत्र जाँचको निम्ति वरिष्ठ नेत्र रोग विशेषज्ञ चिकित्सक पुलककुमार दत्त तथा तिनका सम्पुर्ण टिमको प्राविधिक सहयोगमा उक्त निःशुल्क नेत्र जाँच शिविर कार्यक्रम सम्पन्न भएको थियो।
हिजो सम्पन्न यस शिविरमा एक सय दस जना भन्दा धेरैले यस शिविरको निःशुल्क सेवा लिएका पनि जानकारी पाइएको छ। यसरी अभेक गाउँ बस्तीका सर्वसाधारणको निम्ति निःशुल्क आँखा जाँच शिबिर आयोजना गरिदिएकोमा स्थानीय मानिसहरू खुशी हुनुका साथै सो कार्यक्रम सञ्चालन गर्ने आयोजक कमिटीप्रति आभार प्रकट गरेका छन्।