सिक्किम र अरुणाचल प्रदेशबाट सात सदस्यीय मिडिया टोली पाँच दिवसीय भीबीएसवाई प्रेस यात्रामा दिल्ली प्रस्थान

IMG-20240114-WA0239.jpg

गान्तोक: विकसित भारत सङ्कल्प यात्रा (भीबीएसवाई) १५ नोभेम्बर, २०२३ मा शुरु गरिएको भारत सरकारको एक पहल सम्पूर्ण भारतमा प्रमुख केन्द्रिय योजनाहरूको कार्यान्वयनको बारेमा जागरूकता बढ़ाउन र ट्र्याकिङ गर्न सहायक रहेको छ।

यस सम्बन्धमा भारत सरकारको सूचना एवं प्रसारण मन्त्रालय अधीनस्थ पत्र सूचना कार्यालयले यी सरकारी ध्वजवाहक योजना र परियोजनाहरूबारे अधिक जागरूकता सिर्जना गर्न मिडियाकर्मीहरूको लागि आफ्नो सम्बन्धित राज्यदेखि अन्य राज्यमा प्रेस यात्रा गरी यी योजनाहरूको कार्यान्वयनपछि विकास प्रक्रिया र क्षेत्रीय स्तरमा हुने परिवर्तनलाई स्वयं हेर्ने अवसर प्रदान गर्न आयोजन गरिरहेको छ। यी यात्राले मिडियाकर्मीहरूलाई विभिन्न क्षेत्रका पत्रकार विरादरीसँग विचार तथा सूचना आदानकोे सुविधा पनि प्रदान गर्दछ। उक्त जानकारी पीआईबीले आज जारी एक प्रेस विज्ञप्तिमा दिएको छ।

यस पहलको एक भागको रूपमा मिडियाकर्मीहरूका दुई टोली भीबीएसवाईद्वारा आम जनताको जीवनमा ल्याइएको परिवर्तनलाई हेर्न र अनुभव गर्न अनि यस्ता लाभार्थीहरूसित बातचित गर्न तथा उनीहरूको कहानीलाई प्रकाशमा ल्याउनका लागि सिक्किम र अरुणाचल प्रदेशबाट दिल्ली जाँदैछ।

सिक्किम र अरुणाचल प्रदेशका यी मिडिया टोली दिल्लीको ५ दिवसीय भ्रमण (१४ जनवरी – १८ जनवरी, २०२४) मा गइरहेका छन् भनेर पनि उल्लेख गर्नु सान्दर्भिक छ। सिक्किम टोलीका पत्रकारहरूमा शेखर खवास, सुजल प्रधान, नितेश प्रधान, डिल्लीराम दुलाल र निर्मल मगर रहेका छन्। अरुणाचल प्रदेश टोलीमा योम्गे चिसी र निपज्योति कलिता रहेका छन्।

About Author

Advertisement