ईडी अधिकारीहरूमाथि हमलाको १० दिनपछि पनि शेख शाहजहाँ पुलिसको हात लागेन

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः पश्चिम बंगालमा गत ०५ जनवरीमा छापामारीमा प्रवर्तन निदेशालय (ईडी) का अधिकारीहरूमाथि हमलाको पछाड़ी कथित मास्टरमाइन्ड तृणमूल नेता शाहजहाँ शेख १० दिनपछि पनि पुलिसको हात लागेका छैनन्। ईडीका अधिकारी राशन वितरण घोटालाको जाँच अन्तर्गत शाहजहांको आवासमा छापा मारिरहेका थिए, तब शाहजहाँको ८०० देखि एक हजार समर्थकहरूले ईडी अधिकारीहरूमाथि हमला गरेका थिए। हमलामा एजेन्सीका तीन अधिकारी घाइते भए अनि उनको वाहन क्षतिग्रस्त भएको थियो। घटना भएको १० दिन बितेपनि अहिलेसम्म उनी पुलिसको हात लागेका छैनन्। जानकारहरू अनुसार, शाहजहाँ शेखलाई व्यापक रूपमा राजनीतिक संरक्षण प्राप्त छ।

उनको समर्थनमा सत्तारूढ़ तृणमूल कांग्रेस सड़कमा आयो र ईडीका अधिकारीहरूमाथि स्थानीय मानिसहरूलाई उकसाएको आरोप लागेको थियो। तृणमूलको संदेशखाली एकाईका अध्य़क्ष शाहजहाँ शेखको राजनीतिक तब अघि बढ्यो जब गत साल जिल्ला परिषद सीट हासिल गरे। ४२ वर्षीय शाहजहाँ शेखलाई क्षेत्रमा भाईको नामले चिनिन्छ। उनले बांग्लादेश सीमा नजिक उत्तर २४ परगनाको सन्देशखाली ब्लकमा मत्स्य पालनमा एक सानो श्रमिकको रूपमा शुरूआत गरेका थिए। उनी चार बाई-बहिनीमा जेठा हुन्।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *