मेट्रो विस्तारको निम्ति दक्षिणेश्वर स्काइवक भत्काउने योजनाको फिरहादले विरोध

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः दक्षिणेश्वर स्काइवकलाई कुनै प्रकारले पनि भत्काइनेछैन। मेट्रो रेलले रामकृष्ण परमहंसदेवको विरासतलाई नष्ट गर्न चाहन्छ। कोलकाता नगर निगमको मेयर फिरहाद हकीमले उक्त कुरा भनेका हुन्। उनले भऩे, मोदी सरकारको काम तुगलकी बुद्धि अनुसार भइरहेछ। फ्लाइओवर निर्माणको समय मेट्रो रेलबाट एनओसी लिइएको थियो। केएमडीए इन्जीनियर र मेट्रो इन्जीनियरले एक सुरमा भनेका थिए, स्काइवक भए कुनै समस्या छैन। उनीहरूको अनुमतिले यति पैसा खर्चा गरेर स्काइवकको निर्माण गरियो। अब स्काइवकलाई ध्वस्त पार्ने कुरा गरिन्दैछ। जसलाई स्वीकार गर्न मिल्दैन।

वस्तुतः कवि सुभाषदेखि दक्षिणेश्वरसम्म मेट्रोको संख्या बढ़ाउने र आवाजाहीलाई सुचारू गर्न दक्षिणेश्वर स्टेशऩको नवीनीकरणको योजना बनाइँदैछ। रेलवेले यसको निम्ति लाइनको लम्बाई बढ़ाउन राज्यबाट जमीन मागेको छ। यसबारे फिरहादले भने, यदि राज्य सरकारले जमीन दिए दक्षिणेश्वर स्काइवकको एक हिस्सा भत्काउनपर्नेछ। जससित राज्य सरकार सहमत छैन। मेयर फिरहाद हकीमले भऩे, स्काइवकलाई कुनै प्रकारले पनि भत्काइनेछैन। दिन-रातको मेहनतपछि यति सुन्दर स्काइवक बनाइएको छ। अब बताइँदैछ, मेट्रो रेल त्यहाँ भएर जानेछ, यसलाई भत्काउ। यो अस्वीकार्य छ।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *