सुरुकमा रक्तदान सँगै नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

IMG-20240114-WA0181.jpg

गोरुबथान: सम्थार  ग्राम पन्चायतको आयोजना तथा गोर्खा च्यारिटेबल हस्पिटलको सहयोगमा गत दिनाङ्ग १३ जनवरी २०२३ शनिबारको दिन ओल्ड आर सि मिसन स्कुल हाट डाडा सुरुकमा रक्त दान तथा निशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको थियो। यस शिविरमा जम्मा ४३ जना युवाहरुले तर दान गरे। मुखर्जी हस्पिटल सिलिगुडीबाट जेनेरल फिजिसियन गएका थिए ।उनीहरुले ५९ जना बिरामीहरुलाई जाँच गरि निशुल्क औषधि पनि वितरण गरे। मुखर्जी हस्पिटल बाट नै निशुल्क मधुमेह (डायबिटिज) जाँच अनि रक्त समूह (ब्लड ग्रुपिङ) पनि गरियो।सिलिगुडी लायन्स नेत्रालयबाट टिम गएर निशुल्क आँखा जाँच गरे।

जम्मा ७ जनाको आँखामा मोतीबिन्दु फेला पर्यो।उनीहरुलाई सिलिगुडी बोलाएर निशुल्क अप्रेसन लायन्स नेत्रालयले गरिदिने भएका छ्न। शिविरमा संग्रह गरिएको रक्त नर्थ बङ्गाल मेडिकल कलेजको ब्लड बैंक लाई सुम्पिएको छ। यस शिविरको निम्ति सुश्री सुधा संगमसँग सम्पर्क भए पछि सम्थार ग्राम पन्चायतले आयोजना गरेका थिए भने नव निर्वाचित युवा ग्राम  पन्चायत प्रधान श्री राजेन गुरुङ आफू क्याम्प सफल बनाउन खटे भने साथै यस शिविरमा तिनले पनि रक्त दान गरे। त्यसरी नै पन्चायत समिति सदस्य श्रीमती मनुमित लेप्चाको विशेष उपस्थिति रहेको थियो। 

गाउँका अग्रज भिम भुजेलको पनि विशेष उपस्थिति रहेको थियो। आयोजक समिती तथा सम्पुर्ण रक्त दाता अनि शिविर सफल बनाउन खटी दिने सबै सबैलाई गोर्खा च्यारिटेबल हस्पिटलको तर्फबाट सुरेन प्रधानले धन्यवाद जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement