दशौं मिलनमोड़ गोल्ड कपमासिक्किम बोयज एफसी च्याम्पियन

IMG-20240114-WA0226.jpg

१४ जनवरीः मधुर मिलन संघ, मिलनमोड़को तत्त्वावधानमा आयोजित प्रतिष्ठित मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा सिक्किम बोयज फूटबल क्लब च्याम्पियन भयो। स्थानीय मिलनमोड़ खेल मैदानमा आइतवार भएको फाइनल म्याचमा सिक्किम बोयजले दार्जीलिङ पुलिसलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल ओटी लेप्चाले मध्यान्तरको ठीक अघि इञ्ज्युरी टाइमको पहिलो मिनटमा दर्ता गरे। म्याचको अन्तिम क्षणमा सिक्किम बोयज एफसी-का गोलदाता ओटी लेप्चालाई रेड कार्ड देखाइयो। टुर्नामेण्टमा च्याम्पियन हुने टोलीलाई आकर्षक ट्रफी (रुद्र लाल अधिकारी अनि कृष्ण कुमारी भण्डारी स्मृति)-को साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफी (सोभन सिंह खेरवार र तुलसी प्रसाद शर्मा स्मृति)-को साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। आज समापन समारोह अनि फाइनल म्याचमा मुख्य अतिथिको रूपमा सांसद राजु बिष्ट उपस्थित थिए।
संक्षिप्तमाः दशौं मिलनमोड़ गोल्ड कप
च्याम्पियनः सिक्किम बोयज एफसी
रनरअपः दार्जीलिङ पुलिस
प्लेयर अव् द म्याचः सुराग छेत्री (सिक्किम बोयज एफसी)
बेस्ट स्टपरः दिवस तामाङ (दार्जीलिङ पुलिस)
बेस्ट गोलकीपरः अभिजीत सुब्बा (सिक्किम बोयज एफसी)
प्लेयर अव् द टुर्नामेण्टः लाक्पा शेर्पा (कप्तान, सिक्किम बोयज एफसी)
हाईएस्ट स्कोररः बबिन बोहोरा (कनकाई फूटबल क्लब, नेपाल)
फेयर प्ले ट्रफीः जर्जियन युनाइटेड एफसी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *