दार्जीलिङ: प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाको सपना मेरो सपना भनेका थिए तर उनको सपना १० वर्ष नाघिसक्दा पनि विपनामा परिणत भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। राहुल गाँधीको भारत जोडो न्याय यात्रा आज मणिपुरको राजधानी इम्फालबाट शुरू भयो।राहुल गाँधीको न्याय यात्रा शुरू हुन अघि विभिन्न राजनैतिक दलको नेतृत्चहरूले उक्त भीडलाई सम्बोधन गरेका थिए।यसै क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आयोजित भीडलाई सम्बोधन गर्ने क्रममा देशको वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले सिलगढीको एक जनसभालाई सम्बोधन गर्ने क्रममा गोर्खाको सपना मेरो सपना हो भनेका थिए तर नरेन्द्र मोदीले गोर्खाको सपना मेरो सपना भनेको १० वर्ष नाघिसक्दा पनि गोर्खाहरूले देखेको सपना विपनामा परिणत भएको छैन भन्दै नरेन्द्र मोदीले गोर्खाहरूको भावनासंग यसरी खेलवाड गरेको छ भनीबताए। उनले भने, ‘नरेन्द्र मोदीले गोर्खा समुदायको ११ जात गोष्ठीको नामहरू उच्चारण गर्दै जन जातिमा समावेश गराउने वाचा पनि गरेका थिए। आज यतिका वर्षहरू बितिसक्दा पनि गोर्खाहरूसँग गरेको एउटै पनि वाचा उनले पूरा गरेको छैन। राहुल गाँधीको भारत जोडो न्याय यात्रामा सामेल हुन हजार किलो मिटरको यात्रा गरेर हामी यहाँ आएका छौं। राहुल गाँधी भारतको भविष्य हो। न्याय नपाएका समुदायहरूलाई अवश्यै न्याय दिनेछ भन्ने विषयमा हामी आशावादी छौं। सन्1986 को गोर्खाल्याण्ड आन्दोलनको समयमा राजीव गाँधी गोर्खाहरूको साथ खडा भएका थिए। तत्कालीन गृहमन्त्री बुट्टा सिंहले पहाडको चिया बगानहरूको भ्रमण गर्ने गर्थे। हामी भारतीय जनता पार्टीलाई १५ वर्ष दियौं तर २०१७ को गोर्खाल्याण्ड आन्दोलनमा भाजपाको नेतृत्वहरू हात बाँधेर रमिता हेर्ने काम गरयो। हाम्रो पक्षमा एक शब्द पनि बोली दिएन। योभन्दा दु:खको विषय अरू के हुन सक्छ अध्यक्ष एडवाडर्स ले भने। मणिपूर राज्यमा पनि केन्द्रको भाजपा सरकारले यस्तै अन्याय र अत्यचार गरेको छ। मणिपूर भारतको हिस्सा होइन र?दार्जीलिङ भारतको हिस्सा पर्दैन र?? तर मणिपूर र दार्जीलिङवासीहरूमाथि यति डर लाग्दो भेदभाव किन भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले प्रश्नमाथि प्रश्न तेर्साए। राहुल गाँधीको भारत जोडो न्याय यात्रामा हामी राहुल गाँधीको साथ साथै मणिपूरवासीको निम्ति खडा हुन यहाँ आएका हौं अध्यक्ष एडवाडर्सले भने।