कारबाट भारी मात्रामा गाँजा जफत, दुई पक्राउ

IMG-20230528-WA0320-5-300x172-4

जलपाइगढ़ीः जिल्लाको मयनागढ़ी थाना पुलिसले भारी मात्रामा गाँजाको साथ दुई तस्करलाई पक्राउ गरेको छ। पक्रा परेको आरोपितहरूको नाम प्रकाश स्वर्णकार र अनुराग स्वर्णकार हो। दुवै बिहारका बासिन्दा हुन्।

मयनागढ़ी थानाका आईसी तमल दास अनुसार, हिजो राति गुप्त सूचनाको आधारमा इन्दिरा मोड़मा एउटा सानो कार जुन धुपगढ़ीदेखि जलपाइगढ़ीतिर गइरहेको थियो। उसलाई रोकेर त्यसको तलाशी लिँदा कारमा बनेको गुप्त च्याम्बरबाट २३ किलो ७८५ ग्राम गाँजा जफत भयो। जसपछि कार चालक सहित दुई जनालाई पक्राउ गरियो। दुवै विरूद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरी अघिको कानूनी कारबाही शुरू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement