सिलगढी: सोमबार पौष संक्रान्तिलाई ध्यानमा राख्दै सिलगढीका बजारहरूमा महिलाहरु ओखलीमा चामलको पिठो कुटेर बेचीरहेको देखियो। यो चाडपर्वमा विभिन्न परिकार र पिठा-पोलीमा चामलको पिठो अनिवार्य हुने गरेको उल्लेख छ। यसैलाई ध्यानमा राख्दै, सिलगढीका महिलाहरूले ओखलीमा चामल पिसेर पीठो बनाउँछन्।यससँगै तिलकुटबाट बनेका लड्डू, तिल, चिउरा, मुरई पनि बजारमा धेरै मात्रामा बिक्री भइरहेको छ।