जलपाईगुढी: जलपाईगढीमा आइतबार बिहान पनि बाक्लो कुहिरो लागेको थियो।अत्याधिक चिसोले गर्दा मानिसहरु ग्रसित छ। चिसो र हावाहुरीका कारण आज बिहान सडकमा मानिसहरु देखिएनन्, भिजिबिलिटी निकै कम छ। सडकका विभिन्न ठाउँमा मानिसहरुले आगो बालेर तापीरहेको देखियो।जलपाईगुडीको न्यूनतम तापक्रम विगत केही दिनदेखि ९–१० डिग्रीको आसपास रहेको छ।