जुवाडेहरू पुलिसको फन्दामा

photocollage_2024114194849383.jpg

सिलगढी: सिलगढी प्रधान नगर थाना पुलिसले शनिवार राति अभियान चलाएर जुवाको अड्डाबाट ४ जना जुवाडेलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सागर पासवान, सञ्जीत कुमार, रञ्जीत साह र मुन्ना कुमार सामेल छन्। पुलिसले जुवाको अड्डाबाट ६० हजार रूपियाँ पनि जफत गरेको बताइएको छ।पुलिस सूत्रले दिएको जानकारी अनुसार, गत राति गोप्य सूचना पाएर प्रधान नगर थाना पुलिसले चम्पासरी छेउ रेगुलेटेड मार्केटमा चलिरहेको जुवाको अड्डामा छापामार अभियान चलायो। यस अवधि पुलिसले ४ जना जुवाडेलाई जुवा खेलिरहेको समय रंगे हात पक्राउ गऱ्यो। यसको साथै पुलिसले जुवाको अड्डाबाट ६० हजार रूपियाँ पनि जफत गरेको छ। पक्रा परेका सबैजना जुवाडेहरूलाई आज पुलिसले सिलगढी अदालतमा पेश गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement