तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको च्याम्पियन बन्यो हिरो बजार तीनधारे

IMG-20240114-WA0183.jpg

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको उपाधि हिरो बजार तीनधारेले जितेको छ। आज हिरो बजार र युवराज ईलेभेनमाझ भएको फाईनल खेलमा हिरो बजारले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ३ विकेट गुमाएर १३२ रन बनाएको थियो। हिरो बजारको पक्षमा सौरभ मंगरले ३७ रन, भोले थामीले २७ रन र बिमल दर्जीले १२ रन बनाएको थियो भने विवेक दर्नाल र रोहण गुरुङले नट आउट २९ र ३० रन बनाएका थिए। १३३ रनको लक्ष्यलाई खेदो गर्दै युवराज ईलेभेन १५ ओभरमा 8 विकेट गुमाएर 108 रन बनाएको थियो। युवराज इलेभेनको ओपनर ब्याटर सिध्दार्थ गहतराज एक्लै मोर्चा सम्हाल्दै २१ बलमा ४७ रन बनाएका थिए। यसबाहेक बिष्णे भुजेलले २० रन अनित थापाले १४ रन बनाएका थिए। एक समय हिरो बजार हार्ने अवस्थामा पुग्न लागेको थियो रोहण गुरुङले मेडन ओभरसहित एक विकेट लिएर गेमलाई चेन्स गरिदिए।

त्यसको लगत्तै भोले थामीले एकै ओभरमा ह्याट्रिकसहित ४ विकेट लिएर जीत सुनिश्चित गरिदिए। हिरो बजारको पक्षमा भोले थामीले ४, विकास दास, विकेक दर्नाल, रोहण गुरुङ र दिपेस गजमेरले एक एक विकेट लिएका थिए। यस फाईनल खेलमा बलिङमा ह्याट्रिकसहित ४ विकेट लिने साथै ब्याटिङमा २७ रन बनाउने हिरो बजारको भोले थामीलाई म्यान अफ् द म्याच चयन गरियो। आजको खेलमा विजेतालाई ट्रफीसहित २५ हजार नगदराशि र उप विजेतालाई ट्रफीसहित नगदराशि १५ हजार प्रदान गरियो। आजको खेलमा मुख्य अतिथिको रूपमा जीटीएको खेलकूद एंव युवा मामिला विभागको एमओडी सभासद नवराज छेत्री उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती राई प्रधान, उप प्रधान रञ्जित थापा, पञ्चायत सदस्य दावा दोर्जो र तीनधारे पुलिस आउट पोष्टको ओसी बीरेन्द्र छेत्री उपस्थित रहेका थिए। आजको फाईनल खेलमा सबैभन्दा धेरै रन ११४ बनाउने युवराज ईलेभेनको सिध्दार्थ छेत्री, सबैभन्दा धेरै ९ विकेट लिने हिरो बजारको भोले थामी र फेयर प्ले अवार्ड घैयाबारीलाई प्रदान गरियो।

तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट विषयमा आयोजक ब्रदरलुडको पक्षमा पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा बताएका छन्। उनले बताए अनुसार तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट गत २८ दिसम्बरदेखि शुरू भएर आज फाईनल खेल सम्पन्न भएको छ। उनले यस समष्टी स्तरीय टुर्नामेन्टमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *