गायिका सुरक्षा सिन्चुरीको “चिसो चिसो बतासले” गीत सार्वजनिक

57d0d568-2c75-4911-918f-bf4cf23b5564

मालबजारः उमेश रोकाले सङ्गीत दिएको “चिसो चिसो बतासले” गीत आज तिनको निवास स्थान बाग्राकोटमा चियाबारीमा युट्युबमार्फत सार्वजनिक गरियो। उक्त गीतको शब्द गणेश गजमेरको रहेको छ भने यसलाई  सुरक्षा सिन्चुरीले गाएकी छन्। यस सार्वजनिक कार्यक्रममा डुवर्सका गायक तथा चित्रकार अजय थापा, सङ्गीतकार तथा कवि वेगवसन्त थापा, बाग्राकोट सांस्कृतिक मञ्च अध्यक्ष गौतम विश्वकर्मा, शिक्षक सविन छेत्री, किशोर सुन्दास, कवि गणेश गजमेर आदिको उपस्थितिमा औपचारिक रुपमा सार्वजनिक गरियो। कार्यक्रमलाई सञ्चालन गर्दै कवि तथा सङ्गीतकार वेगवसन्त थापाले भने, डुवर्सको बाग्राकोटले डुवर्सको सांस्कृतिक चहलपहललाई फेरि नेतृत्व दिनको थालेको छ। यसलाई बाग्राकोट सांस्कृतिक मञ्चले गरिरहेको छ। त्यसै नेतृत्वको पहलमा चिसो चिसो बतासले गीत सार्वजनिक गरेको छ। सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै गायक तथा चित्रकार अजय थापाले भने, म आफै पनि सङ्गीतसित जोड़िएको हुनाले मलाई यस्तो कार्यक्रमहरू मन पर्छ भन्दै म्युजिक भिडियोको सम्पूर्ण टिमलाई शुभकामना तथा बधाई दिए। कार्यक्रमलाई सम्बोधन गर्दै गीतकार गणेश गजमेरले भने, उमेश रोकाले मेरो शब्दहरूलाई सङ्गीत भरेर मेरो आत्माविश्वासलाई बढाई दिएका छन्। सङ्गीतकार उमेर रोकाले मेरो शब्दहरूलाई स्थान दिनु भएर मप्रति ठुलो गुण लगाएका छन। कार्यक्रमलाई किशोर सुन्दास, बाग्राकोट सांस्कृतिक मञ्च अध्यक्ष गौतम विश्वकर्मा आदिले सम्बोधन गरेका थिए। गीतकार उमेश रोकाले भने, यो गीतको म्युजिक भिडियो सुरक्षा सिन्चुरीको युट्युब मार्फत सार्वजनिक हुनेछ। तिनले यस क्षेत्रको सङ्गीतहरूलाई पनि सुनिदिने अनुरोध गरे।   

About Author

Advertisement