घटनास्थलमै एकजनाको मृत्यु, धेरै गम्भीर घाइते
डुवर्स: पश्चिम बंगाल डुवर्स नगरकट्टा नजिक धरनीपूरमा सिक्किमको एक वाहनको भयावह दुर्घटना भएको छ। प्राप्त जानकारी अनुसार, गान्तोकबाट अलिपूरद्वारतर्फ गइरहेको एसके ०१ पी.बी. ४०७५ ह्युण्डाइको आई-१० वाआई २० वाहन लगभग २:३० बजीतिर दुर्घटना भएको छ। यो दुर्घटना पश्चिम बंगाल डुवर्सको नगरकट्टा थाना क्षेत्रको धरनीपूर चियाबगान परिसरमा भएको हो। दुर्घटनाको समयमा वाहनमा मोठ पाँचजना सवार रहेका थिए। दुर्घटनामा एकजना महिलाले घटनास्थमै ज्यान गुमाएकी छिन् भने अन्य दुई महिला अनि चालकसँगै दुईजना पुरुष गम्भीर घाइते बनेका छन्। दुर्घटनामा ज्यान गुमाउने अनि घाइते बनेकाहरूको परिचय भने खुलाउन सकिएको छैन। घाइतेहरूलाई सोल्खापाड़ा प्राथमिक स्वास्थ्य अनि मालबजार अस्पताल लगिएको थाहा लागेको छ। ओभर स्पीडकै कारण वाहनले सड़क छोड़ेपछि दुर्घटनाग्रस्त भएको हुनसक्ने स्थानीयहरूले बताएका छन।