टी२० विश्व कपको तयारीको निम्ति आईपीएल महत्त्वपूर्णः शुवम दुबे

IMG-20240114-WA0143.jpg

इन्दौर, १४ जनवरीः युवा अलराउण्डर शिवम दुबेको भनाइअनुसार, यस साल जूनमा वेष्ट इण्डिज र अमेरिकामा हुने टी२० विश्व कपको निम्ति भारतीय टीमको तयारीमा इण्डियन प्रीमियर लीग (आईपीएल)-ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। गत वर्ष आईसीसी वनडे विश्व कपपछि भारतले केवल चारवटा टी२० अन्तर्राष्ट्रिय म्याच खेलेको छ। जूनमा वैश्विक आयोजन अघि भारतले अफगानिस्तान विरुद्ध यस प्रारूपमा अझ दुईवटा म्याच खेल्नेछ। दुबेले भने, यो (आईपीएल) हामी सबैको निम्ति महत्त्वपूर्ण हुनेछ कारण हामीसँग केवल दुईवटा टी२० अन्तर्राष्ट्रिय म्याच बाँचेको छ। आईपीएल एउटा ठूलो मञ्च हुनेछ। त्यहाँ असल प्रदर्शन गरेर तपाईंले राष्ट्रिय टीममा स्थान बनाउन सक्नुहुनेछ। टी२० विश्व कपको निम्ति टीमको योजना अनि संयोजनमाथि काम भइरहेको छ। हामी जति धेर टी२० म्याच खेल्नेछौं, त्यति नै यस प्रारूपलाई असल तरिकाले बुझ्न सक्नेछौं।
दुबे स्वयं पनि टी२० विश्व कपको निम्ति भारतीय टीममा स्थान बनाउने होड़मा रहेका छन्। यसबारे प्रश्न गरिँदा दुबेले उनी धेर अघिको कुराहरूलाई लिएर चिन्तित नरहेको अनि आफ्नो ध्यान आउँदो म्याचहरूमा दिन उत्साही रहेको बताए। उनले भने, टीममा सामेल प्रत्येक खेलाड़ीको लक्ष्य विश्व कप खेल्ने हुन्छ। म पनि विश्व कपको टीममा रहन चाहन्छु तर त्यो धेरै पछिको कुरा हो। अहिले मेरो लक्ष्य आउँदो म्याचहरूमा असल प्रदर्शन गर्ने रहेको छ। पहिलो टी२०आई-मा मैले असल प्रदर्शन गरेको थिए अनि त्यस लयलाई कायम राख्नु मेरो निम्ति महत्त्वपूर्ण हुनेछ। उल्लेखनीय छ, अफगानिस्तान विरुद्ध पहिलो टी२०आई म्याचमा दुबेले १ विकेट लिनको साथै अविजित ६० रन पनि बनाएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *