वर्तमान समयका ब्याटरहरूमा धैर्यको कमी छः कलिस

IMG-20240114-WA0140.jpg

पर्ल (दक्षिण अफ्रिका), १४ जनवरीः दक्षिण अफ्रिकाका महान क्रिकेटर ज्याक कलिसको भनाइअनुसार, वर्तमान समयका ब्याटरहरूमा धैर्यको कमी छ अनि टेस्ट क्रिकेटको मुश्किल परिस्थितिहरूमा ब्याटरहरू रक्षात्मक ब्याटिंग गर्नको सट्टा आक्रामक शट्हरू खेल्न रुचाउँछन्। सचिन तेन्दुलकरपछि टेस्ट क्रिकेटमा सर्वाधिक शतक (४५) बनाउने दिग्गज अलराउण्डरले वर्तमान समयका ब्याटरहरूका खेल्ने तरिका सही हो या गलत भन्ने कुरामा विचार-विमर्श जारी रहने बताए। उल्लेखनीय छ, केपटाउनमा पेस बलिंग सहायक पीचमा दक्षिण अफ्रिका र भारतबीच दोस्रो टेस्ट म्याच दुई दिनभित्रै १०६ ओभरमा समाप्त भयो। ब्याटरहरूका अत्याधिक आक्रामक मजासले गर्दा के टेस्ट क्रिकेटको परिदृश्य बद्लिएको छ भन्ने प्रश्नको जवाफमा कलिसले न्यूल्याण्ड्सको पीचको कुरा उल्लेख गर्दै भने, मेरो विचारमा बद्लिएको छ। पीचबाट बलरहरूलाई सामान्य सहायता प्राप्त भए ब्याटरहरूले धैर्यको साथ खेल्न मन पराउँदैनन्। पहिला ब्याटरहरू पीचको मिजास बुझेर समय बिताउन धैर्यको साथ खेल्ने गर्थे तर वर्तमान समयका ब्याटरहरू दबाउबाट मुक्ति पाउन आक्रामक शट्हरू खेल्न रुचाउँछन्। यो नीति राम्रो हो कि नराम्रो भन्ने समयले नै तय गर्नेछ। केपटाउनमा खेलिएको पहिलो टेस्टमा दक्षिण अफ्रिकाको पहिलो इनिङ्ग्स केवल ५५ रनमा समाप्त भएको थियो जबकि भारतले पनि आफ्नो पहिलो इनिङ्ग्समा कुनै रन नजोड़ी अन्तिम ६ विकेट गुमाएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *