अष्ट्रेलिया विरुद्ध भारतको हार

IMG-20240114-WA0136.jpg

१४ जनवरीः एएफसी एशियन कप फूटबल टुर्नामेण्टमा भारतले आफ्नो पहिलो म्याचमा अष्ट्रेलिया विरुद्ध २-०-ले हारको सामना गर्नु पऱ्यो। सुनिल छेत्रीको कप्तानीमा रहने भारतीय पुरुष टोलीले शनिवार साँझ कतरको अल रेयानमा स्थित अहमद बिन अली स्टेडियममा पूर्व च्याम्पियन अष्ट्रेलिया विरुद्ध मध्यान्तरसम्म असल फूटबल खेले पनि दोस्रो हाफमा दुई गोल खायो। अष्ट्रेलियाको तर्फबाट ज्याक्सन इर्विनले ५०औं र जोर्डन बोसले ७३औं मिनटमा गोल गरे। एएफसी एशियन कपमा भारत पाँचौंपल्ट खेलिरहेको छ। यसअघि टीमले १९६४, १९८४, २०११ र २०१९-मा यस टुर्नामेण्टमा हिस्सा लिएको थियो। ग्रुप बी-मा भारतसँग अष्ट्रेलिया बाहेक उज्बेकिस्तान र सीरियाको टीम रहेको छ। ग्रुपमा भारत सबैभन्दा कम्ती ऱ्यांकिंग (१०२औं स्थान) भएको टीम हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *