एसजेडिए अध्यक्ष सौरभ चक्रवर्तीको बाहुलीबाट सडक उद्घाटन

IMG-20240113-WA0214.jpg

सिलगढी: एसजेडिए बोर्ड अध्यक्ष सौरभ चक्रवर्तीको बाहुलीबाट नक्सलबारीमा एक किलोमिटर सडकको उद्घाटन गरियो। यो दिन नक्सलबारीको बुधकरण जोतदेखि नक्सलबारी कलेजसम्मको एक किलोमिटर सडक उद्घाटन गरिएको छ। आज दीप प्रज्वलन र ढुङ्गा फलक अनावरण गरेर सडकको उद्घाटन गरिएको हो । यस अवसरमा एसजेडिए अध्यक्ष, सहायक अध्यक्ष राजेश दुग्गल र अमर सिंह राई, सिलगढी महाकाम परिषद अध्यक्ष अरुण घोष र अन्य उपस्थित थिए। एसजेडीएको पहलमा रु १ करोड ३२ हजारको लागतमा यो सडक निर्माण भएको हो ।यस क्षेत्रका सर्वसाधारण भने खुसी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement