पर्यटन विकास गर्न गोरुबथानमा गोर्खा सांस्कृतिक पार्क निर्माण गरिने

IMG-20240114-WA0096

गोरुबथान: पर्यटनको दिशामा बिस्तारै बामे सर्दै गरेको गोरुबथानको पर्यटनलाई देशको पर्यटन मानचित्रमा सुचिकृत गराउने उद्देश्य लिएर यहाँ गोर्खा सांस्कृतिक पार्क निर्माण गरिने भएको छ। पंचायत समिति र जीटीएद्वारा निर्माण गरिने यस महत्वपूर्ण योजनाको निम्ति गोरुबथान पंचायत समितिले जिल्ला प्रशासक कालेबुङ, जिल्ला उपप्रशासक, खण्ड विकास अधिकारीलाई योजना पठाएको पंचायत समिति सभापति सूर्यमणि राईले जानकारी गराएका छन्। ४३ नम्बर समष्टि कार्यकारी सभासद् रतन थापा, गोरुबथान टुरिजम डेभलपमेमेन्ट सोसाइटीलगायत पर्यटनसित सरोकार राख्ने स्थानीय व्यक्तिहरूको परमार्शमा गोरुबथान पंचायत समितिले यहाँको मायालु बस्तीस्थित चेल खोला किनारमा गोर्खा जातिका विभिन्न जातगोष्ठीको संस्कृति झल्किने एउटा पार्क निर्माण गर्ने निर्णय लिएको छ। यसको निम्ति जमिन चिन्हित गरिने काम पनि भइसकेको छ। उक्त सांस्कृतिक पार्कमा गोर्खा जातिका विभिन्न जातगोष्ठीको पहिरनमा सजिएका महिला/पुरुषको मूर्ति, तिनीहरूको पारम्परिक घर, प्रयोग गर्ने सरसामान, औजारलगायतका विषयहरूलाई समेटिने लक्ष्य राखिएको छ। यस पार्क निर्माणले गोरुबथानलाई पर्यटन दिशामा नयाँ लक्ष्य तर्फ डोराएर लैजानेछ। कारण यस्तो थिममा कतै पार्क निर्माण भएको जानकारी छैन। यदि यो कार्य पूर्ण भए यसले गोरुबथानका स्थानीय मानिसहरूको आयस्रोत वृद्धि हुनेछ।

त्यसरी नै यहाँको अम्बियोक चियाबारी अनि अप्पर फागुलाई जोड्ने ठूलो गैरी नजिकको जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुलको पनि पुनर्निर्माण कार्य गरिनेछ। जसको निम्ति पनि समितिले सम्बन्धित विभागलाई योजना पठाइसकेको छ। यस पुल निर्माणले पनि गोरुबथानको टुरिजम डेभलपमेण्टमा निकै उर्जा मिल्नेछ। पर्यटनबाट स्वालम्वी गोरुबथान बनाउने यात्रामा निस्किएको पंचायत समिति अनि जीटीएलाई आफ्नो योजना कार्यान्वयन गर्न स्थानीय हरेक तप्काका मानिसहरूको सहयोग, सुझावको आवश्यकता छ भन्दै समिति सभापति सूर्यमणि राईले यसको निम्ति सबैलाई खुलेर अघि बढ्न आग्रह गरेका छन्। स्मरण रहोस्, पंचायत समितिलाई लिएर गत वर्ष कलकत्तामा भएको विभागीय कार्यशालामा पहाडका पंचायत समिति सभापतिहरूले आफ्नै कोषको निम्ति पर्यटनको प्रस्ताव राखेका थिए। सोही आधारमा राज्य सरकारको पंचायत विकास विभागले पहाडका सबै समितिलाई आआफ्नो क्षेत्रमा पर्यटन विकासको निम्ति फण्ड आवन्टन गरेको स्रोतमार्फत थाहा लागेको छ। सोही आधारमा गोरुबथान पंचायत समितिले विभागमा आफ्नो योजना पठाएको छ। पंचायत समितिले सम्बन्धित विभागलाई पठाएको योजनामा गोरुबथानमा रहेको ५८.२३ किमी लामो चेल खोलामा टुरिजमका अथाह सम्भावनाहरू रहेको जानकारी गराउँदै भविष्यमा थप गर्नुपर्ने कार्यहरुको सुझाव पनि पेश गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *