प्रवीण खालिङको दोस्रो साहित्यिक कृति चिया गफ सार्वजनिक

IMG-20240113-WA0137

गान्तोक: साहित्यकार तथा पत्रकार प्रवीण खालिङको दोस्रो साहित्यिक कृति चिया गफ सार्वजनिक भएको छ। सिक्किम, दार्जीलिङ, सिलगढी र कालेबुङका सर्जकहरूको हातबाट संयुक्त रूपमा सार्वजनिक गरिएको चिया गफ निबन्ध लेखनको नयाँ परिपाटी रहेको  चिया गफबारे पाठकीय मन्तव्यमा प्राध्यापक टीबी छेत्रीले बताए। उनले भने, ‘चिया गफले ऐतिहासिक सूत्रलाई समातेको छ र इतिहास विना कही केही बाँचेको छैन, चिया गफका  अवधारणा ग्लोकल स्थानीय वैश्विक रहेको छ गफलाई पनि खदिलो केही चिज बनाउने कार्य भएको छ। साहित्य लेखनमा स्कुबा डाइबिङ होइन बञ्जी जम्पिङको जस्तो सहासिक लेखन रहेको छ चिया गफl’  

साहित्यकार सुधा एम राई, उषा शर्मा, रत्ना लक्सम सुब्बा, छुदेन काबिमो, छेवाङ योञ्जन, कर्ण विरह, मिलन बान्तवा र पदम खालिङको बाहुलीबाट संयुक्त रूपमा चिया गफको लोकार्पण रचना बुक्समा गरिएको थियो।  कविको रूपमा उदाएका साहित्यकार प्रवीण खालिङले दोस्रो पुस्तक निबन्धको रूपमा म्यान्युस्क्रिप्ट पब्लिकेशनबाट बजारमा ल्याएका छन्। 

निरूपणमा आफ्नो कुरा अघि राख्दै प्राध्यापक छेत्रीले भने, चिया गफको मियो कञ्चनजङ्घा रहेको छ र यसैको सेरोफेरोको जीवन र भोगाईहरूलाई ग्लोबल कन्टेक्स्टमा लेखिएको कृति हो। गफ भित्र मिथ र पुराणकथाहरूलाई जिवन्त बचाईंको कुरालाई उल्लेख गरिएको छ। युटोपियन  पोलिटिक्सले हामीलाई सिसिफस जीवन बाँच्न बाध्य गराएको अभिव्यक्ति हो यो चिया गफ जो एकै बसाईमा कुनै गम्भीर सोचमा नडुबि पढ्न सकिने गम्भीर  गफको रूपमा रहेको उनले बताए। उनले गम्भीर रूपले पठन गर्नुपर्ने कृतिको रूपमा चिया गफ रहेको बताए। 

चिया गफका सर्जक प्रवीण खालिङले आफूले यो कृति सम्मको यात्रा गर्ने क्रममा आफ्नी हजूर आमा र आमालाई सम्झना गर्दै सर्जक हुनुको प्रेरमा स्रोतलाई पनि सम्बोधनमा सार्वजनिक गरे। यसैगरि उनले पाठकहरूलाई सुम्पिएको यो कृति पाठकको सचेत पठन सकरात्मक नकरात्मक सबै प्रकारको प्रतिक्रियाहरूको अपेक्षा गरेको अनि पाठकले गर्ने प्रतिक्रियाहरूकै माध्यमलाई थप उर्जाको रूपमा लिएर दोस्रो कतिमा भेट गर्ने बाचा गरे। उनले प्रकाशनको निम्ति पुऱ्याउने सहृद्यताको निम्ति आत्मीय सरोजा र सुधा एम राईलाई आभार प्रकट गर्दै पाठकहरू भइदिएकै कारण सर्जक हुने बताउँदै उनीहरूलाई कृति सुम्पिएको बताए।  चिया कविताद्वारा आयोजित कार्यक्रमको उत्तरार्धक कार्यक्रम साबिक कार्यक्रमको रूपमा कविता गोष्ठी सम्पन्न भयो। जसमा कवि कर्ण विरह, मिलन बान्तवा, सुरज शर्मा, सविना राई, राधा पाण्डे, सुचन प्रधान, कृष्ण शर्माले कविता वाचन गरेका थिए। कवि मणिका शर्माले सञ्चालन गरेको कार्यक्रमको संयोजक कवि दीपा राई र लुइस विष्टले गरेका थिए भने बाक्लो संख्यामा साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *