ओला इलेक्ट्रिकले उपलब्ध गरायो हार्वेस्ट फेस्टिवलमा १५ हजार रुपियाँसम्म अफरहरू

Ola-S1-X

बेंगलुरु: ओला इलेक्ट्रिकले देशमा हार्वेस्ट फेस्टिवलको एक भागको रूपमा १५ हजार रुपियाँसम्मको आकर्षक अफरहरू घोषणा गरेको एक प्रेस विज्ञप्ति मा बताएको छ। १५  जनवरीसम्म लागू हुने यी अफरहरू अन्तर्गत ग्राहकहरूले एस१ प्रो र एस१ एयर खरिद गर्दा रु. ६,९९९ सम्मको निःशुल्क विस्तारित ब्याट्री वारेन्टी पाउनेछन्; ,००० सम्मको एक्सचेन्ज बोनस र आकर्षक फाइनान्स अफरहरू उपलब्ध रहेको विज्ञप्तिमा बताइएको  छ। यसबाहेक, एस१ एक्स + फ्ल्याट २० हजार रुपियाँको छुटका ८९,९९९ प्राप्त हुने पनि विज्ञप्तिमा बताएको छl

विज्ञप्तिक अनुसार, ‘यसबाहेक, ग्राहकहरूलाई चयन गरिएका क्रेडिट कार्डहरू मार्फत ईएमआईमा पाँच हजार रुपियाँसम्म छुट दिइनेछ, र तिनीहरूलाई दिइने अन्य फाइनान्स अफरहरूमा शून्य डाउन पेमेन्ट, नो-कस्ट ईएमआई, शून्य-प्रशोधन शुल्क र ७.९९% सम्म कम ब्याज दरहरू आदि समावेश छन्। ओला इलेक्ट्रिकले हालैमा आफ्नो स्कूटर पोर्टफोलियोको विस्तार पाँच स्कूटर मोडल्ससम्म लिएको छ। एस१ प्रो (सेकेण्ड जनरेशन)को मूल्य १,४७,४९९ रुपियाँ छ, जबकि एस१ एयर १,१९,९९९ रुपियाँमा उपलब्ध छ। यसबाहेक विभिन्न रुचि भएक राइडर्सका लागि एस१ एक्स तीन भेरिएन्ट्स- एस१एक्स+, एस१ एक्स (३केडब्ल्युएच), र एस१ एक्स (२केडब्ल्युच) मा पेश गरेको छ। एस१ एक्स (३केडब्ल्युएच) र एस१ एक्स (२केडब्ल्युच)का लागि रिजर्भेसन विन्डो केवल ९९९ रुपियाँमा खोलिएको छ अनि यो क्रमशः ९९,९९९ रुपियाँ एवं ८९,९९९ रुपियाँको शुरुवाती मूल्यमा उपलब्ध रहेको विज्ञप्तिमा बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *