पश्चिम बङ्गाल सरकार भ्रष्टाचारीहरूको आश्रयदाता हो, तुष्टिकरणले बङ्गाललाई बर्बाद बनायो: अनुराग ठाकुर

IMG-20230410-WA0169-11-300x172-3

कोलकताः केन्द्रिय सूचना एवं प्रसारण औ युवा एवं खेल मामिलाका मन्त्री अनुराग ठाकुरले भने, ममता ब्यनर्जीले पश्चिम बङ्गालमा तुष्टिकरणको पराकाष्ठा नाघेकी छन्। आज सारा देशमा रामको नाम गुञ्जिरहेको अवस्थामा पश्चिम बङ्गालमा हिन्दुहरूलाई खुसियाली मनाउनु पनि दिरहेको छैन। यहाँ कर्फ्यू जस्तै स्थिति छ। अब साधुहरूमाथि कुटपिट अनि उनीहरूको हत्या गर्ने प्रयास गरिएको घटना अघि आएको छ। लगातार मीडियामा खबर चलाएपछि बल्ल कारबाही भयो।

शनिवार कोलकाता एयरपोर्टमा पत्रकारहरूसित कुराकानी गर्दै अनुराग ठाकुरले राज्यको कानून व्यवस्थाको दयनीय अवस्थामाथि गम्भीर प्रश्न गर्दै भने, ममता दिदीको राजमा पश्चिम बङ्गालको कानून व्यवस्था पूर्ण रूपले ध्वस्त भएको छ। जनताको भलाईको लागि आएको पैसालाई लुट्ने पूर्ण प्रबन्ध यहाँ छ। भ्रष्टाचारको मामिलामा कारबाही गर्न आएको ईडीको टीममाथि पनि यही ढुङ्गा-मुड़ा गरेर उनीहरूको टाउको फुटाउने काम गरिन्छ। पश्चिम बङ्गाल सरकार भ्रष्टाचारीहरूको आश्रयदाता हो।

अनुराग ठाकुरले प्रश्न तेर्साए, के ममता ब्यनर्जीले आफ्ना मन्त्री, सांसद एवं विधायकहरूलाई लुट्ने खुल्ला छुट दिएकी छन् वा यिनीहरूले उनको कुरा नै सुन्दैनन्? पश्चिम बङ्गालमा यदि कुनै पुलिस अधिकारीमाथि पनि भ्रष्टाचारको आरोप लाग्यो भने ममता ब्यनर्जी उसलाई बचाउन स़ड़कमा उत्रिन्छन्। छापामारीमा करोड़ौं रुपियाँ भेटिन्छ। तृणमूलकै मानिसहरूको नाम त्यसमा किन जोड़िन्छ?

केजरीवालमाथि पनि प्रश्न गरे

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसित सम्बन्धित प्रश्नमा ठाकुरले भने, जुन मानिसहरूले एक समयमा कंग्रेसको भ्रष्टाचार अनि देशबाट भ्रष्टाचारलाई मेटाउने कुरा गर्थे आज उनीहरू स्वयं नै भ्रष्टाचारको दलदलमा डुबेका छन्। आज उनीहरूको उपमुख्यमन्त्री, मन्त्री, सांसदहरू जेलमा थुनिएका छन्। कसैले जमानत समेत पाएका छैनन्। अरविन्द केजरीवालले भ्रष्टाचार र अराजकता मात्र फैलाएका छन्।

गठबन्धनमा न कुनै नेता छन् न त कुनै नीति

इण्डी गठबन्धनको बैठकलाई लिएर सोधिएको प्रश्नमा केन्द्रियमन्त्री अनुराग ठाकुरले भने, यस गठब्धनभित्रका एकजना नेता अर्को नेतासित बोल्दैनन्। पश्चिम बङ्गालमै पनि अधीर रञ्जन चौधरीले अर्कै भन्छन्, ममता ब्यनर्जीले अर्कै। यिनीहरूसित न नेता छन्, न नीति छ, न त नीयत नै छ।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *