पुरूलियामा साधुहरूमाथि कुटपिट, भाजपाले ममता सरकारलाई घेऱ्यो

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः पश्चिम बङ्गालको पुरूलिया जिल्लामा उत्तर प्रदेशदेखि गङ्गासागर गइरहेका साधुहरूमा भएको आक्रमणलाई लिएर भारती जनता पार्टी (भाजपा)-ले तीव्र प्रतिक्रिया व्यक्त गरेको छ। साधुहरूलाई भीड़द्वारा कुटिएको भीडियो सोशल मीडियामा व्यापक भाइरल भएपछि भाजपाको आईटी सेलका प्रमुख अमित मालवीयले सोशल मीडिया प्लेटफर्म एक्समा लेखे, “ममता ब्यनर्जीको मौनता लज्जास्पद छ। के यी साधुहरू तपाईको मान्यताका योग्य छैनन्? अत्याचारले जवाफदेहीको माग गर्दछ।”

सोशल मीडियामा ३० सेकेण्डको फुटेज भाइरल भइरहेको छ जसमा तीनजना साधुहरूको समूहलाई भीड़ले निर्वस्त्र पार्दै उनीहरूमाथि आक्रमण गरिरहेको देखाइएको छ। उनीहरूले आफ्नो ज्यानको भिख मागिरहेका छन्, तर भीड़ले उनीहरूलाई हातपात गरिरहेको छ। अमित मालवीयले उक्त घटनाको तुलना वर्ष २०२०-मा महाराष्ट्रको “पालघर मब लिङ्चिङ्ग” सित गर्दै भने, “पश्चिम बङ्गालको पुरूलियाबाट आश्चर्यचकित पार्ने घटना अघि आएको छ। मकर सङ्क्रान्तिको लागि गङ्गासागर गइरहेका साधुहरूलाई सत्तारूढ़ पार्टी तृणमूलसित सम्बन्धित अपराधीहरूले निर्वस्त्र बनाएर कुटपिट गरे।”

अमित मालवीयले भने, बङ्गालमा हिन्दू हुनु अपराध हो। भाजपा नेताले भने, “ममता ब्यनर्जीको शासनमा शाहजहाँ शेख जस्तो आतङ्कवादीलाई राज्यमा संरक्षमा दिइन्छ भने साधुहरूलाई कुटी-कुटी मारिन्छ।” बङ्गाल भाजपा अध्यक्ष सुकान्त मजूमदारले पनि उक्त कुटपिटका घटनालाई लिएर ममता ब्यनर्जी सरकारमाथि लक्षित गरे। उनले भने, “पुरूलियीबाट चकित पार्ने घटना। गङ्गासागर गइरहेका साधुहरूलाई तृणमूलसित सम्बन्धित अपराधीहरूले निर्वस्त्र पारी कुटपिट गरे जुन पालघर त्रासदी जस्तै हो। ममता ब्यनर्जीको शासनमा शाहजहाँ जस्तो आतङ्कवादीलाई राज्यको संरक्षण प्राप्त हुन्छ जबकि साधुहरूलाई हिंसाको सामा गर्नुपर्छ। पश्चिम बङ्गालमा हिन्दू हुनु अपराध हो।” केन्द्रियमन्त्री अनुराग ठाकुरले भने, “अन्ततः ये वातावरण किन। रामजन्म भूमिकोको हत्या गर्ने प्रयास गरिन्छ। तुष्टिकरणको राजनीतिले बङ्गाललाई कतातिर दोहोऱ्याइरहेको छ। आखिर यस्तो हिन्दू विरोधी सोंच किन?

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *