बङ्गालको पुरूलियामा साधुहरूमाथि कुटपिटकाण्डमा १२ जना पक्राउ

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः पश्चिम बङ्गालको पुरूलियामा तीनजना साधुहरूलाई कुटपिट गरेको मामिलामा विवाद बढ़ेपछि पुलिसले १२ जना मानिसहरूलाई पक्राउ गरेको छ। पुलिसको दाबी छ, स्थानीय मानिसहरूले अपहरणकर्ता ठानेर साधुहरूमाथि आक्रमण गरेका थिए। पुलिसले घटनास्थलमा पुगी साधुहरूलाई भीड़देखि बचाएर नजिकैको पुलिस स्टेशमा पुऱ्यायो।

पुरूलियाका पुलिस अधीक्षक अभिजीत ब्यनर्जीले घटनाको सम्बन्धमा बताए, साधुहरूमाथि कुटपिट गर्ने १२ जना संदिग्धहरूलाई पक्राउ गरिएको छ। अहिले मामिलाको जाँच भइरहेको छ। घटनामा सामेल अन्य मानिसहरूको खोजीमा छापामारीको कारबाही गरिँदैछ। पक्राउ गरिएका सबै आरोपीहरूलाई पुरूलिया जिल्लाको रघुनाथपुर सब डिभिजनल कोर्टमा पेश गरिनेछ। पुलिसले यो पनि भन्यो, केही युवतीहरू साधुहरूदेखि डराएर भागेका कारणले स्थानीय मानिसहरूलाई उनीहरूमाथि शङ्का लाग्यो। त्यसपछि भीड़ले उनीहरूमाथि आक्रमण गऱ्यो। पछि पुलिसले साधुहरूलाई गङ्गासागर मेलासम्म पुऱ्याउनको लागि वाहनको व्यवस्था गरिदियो।

सोशल मीडियामा उक्त घटनाको भीडियो भाइरल भइरहेको छ जसमा आक्रोशित भीड़ले साधुहरूको वाहनलाई पनि तोड़फोड़ गरेको देखाइएको छ। उल्लेखनीय छ, यो घटना गत बिहीवारको थियो। घटनालाई लिएर पश्चिम बङ्गाल भाजपाले मुख्यमन्त्री ममता ब्यनर्जीलाई लक्षित गर्दै घटनाको आलोचना गरेको छ।

भाजपा आईटी सेलका प्रमुख अमित मालवीयले ट्विट्मा लेखेका छन्, पश्चिम बङ्गालको पुरूलियामा पाघर जस्तै लिङ्चिङ्गको घटना भएको छ। मकर सङ्क्रान्तिको लागि गङ्गासागर गइरहेका साधुहरूलाई सत्तारूढ़ टीएमसीसित सम्बन्धित मानिसहरूले निर्वस्त्र बनाएर कुटपिट गरे। ममता ब्यनर्जीको शासनमा शाहजहाँ शेखलाई सरकारी संरक्षण प्राप्त हुन्छ भने साधुहरूको हत्या गरिँदैछ। पश्चिम बङ्गालमा हिन्दू हुनु अपराध हो।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *