बंगालमा बीएसएफ जवानले आत्महत्या गऱ्यो

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः कोचबिहार जिल्लाको दिनहाटामा भारत-बांग्लादेश सीमामा तैनात सीमा सुरक्षा बल (बीएसएफ) को एक जवानले कथित रूपमा आफ्नो सर्विस राइफलले गोली हानेर आत्महत्या गरेको छ। मृतकको पहिचान सत्यभान सिंह (४८) को रूपमा गरिएको छ। जवान बीएसएफको बटालियन नम्बर १३८ सित जोड़िएको थियो।

बीएसएफ अनुसार, शिविरमा तैनात बीएसएफ जवानहरूले शुक्रवार राइफल फाइरिङको आवाज सुने अनि सिंहलाई गम्भीर अवस्थामा पाए। जवानले यस्तो कदम किन उठायो, अहिलेसम्म यसको सठीक जानकारी पाइएको छैन। बीएसएफ अधिकारीहरूले मृत जवानको शव स्थानीय साहिबगंज थाना पुलिसलाई सुम्पेको छ। कोचबिहारको डीएसपी द्युतिमान भट्टाचार्यले शनिवार भने, शवलाई पोस्टमार्टमको निम्ति पठाइएको छ।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *