नेहरू परिवारले श्री रामअघि बाबरलाई नमन गर्नेछ: मुख्यमन्त्री

cf2a6463-c503-4886-bd2b-395eac0ab11b-1

गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले यदि भगवान श्रीराम र बाबरको प्रतिमा एक ठाउँ खड़ा गरिए सोनिया गान्धी र राहुल गान्धीको परिवारले पहिले बाबरलाई प्रणाम गर्नेछ। मुख्यमन्त्रीले आज मीडियासित कुराकानी गरिरहेका थिए।

कांग्रेसद्वारा राम मन्दिर ‘प्राण प्रतिष्ठा’ को निमन्त्रणलाई अस्वीकार गर्दा उनले भने, विश्व हिन्दू परिषदले राहुल गान्धी र सोनिया गान्धीलाई आफ्नो पाप पखाल्ने धेरै ठूलो अवसर दिएको थियो तर उनीहरूले यो अवसर गुमाए। कांग्रेसीहरूले पूरा देशमा रामलला विरूद्ध एक इको सिस्टम तयार पारे ताकि रामललाको मन्दिर नबनोस्। फेरिपनि उनीहरूलाई यसमा आमन्त्रित गरियो। जवाहरलाल नेहरूदेखि लिएर राहुल गान्धीसम्म सबैले अफगानिस्तानमा गएर बाबरको दर्शन गरे। उनीहरूलाई बाबरसित प्रेम छ। भगवान श्रीरामसित छैन। यसैले उनीहरूलाई आमन्त्रित गरिने निर्णय नै गलत थियो। केवल भगवान श्रीराममा आस्था राख्नेहरूलाई नै बोलाउनुपर्ने थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement