नाम्ची: नाम्ची जिल्लामा गत ११ जनवरीदेखि विकसित भारत यात्रा शुरू भएकाे छ। यस यात्राकाे आयाेजन केन्द्र सरकारकाे पहलमा नाम्ची जिल्ला प्रशासनले गरेकाे प्रदेश भाजपा सचिव भूपेन्द्र गिरीले बताएका छन्।
उनले जानकारी गराएअनुसार, यस यात्रामा केन्द्र सरकारद्वारा लागू गरिएका अटल पेन्सन, जनधन, प्रधानमन्त्री काैशल विकास, जल जीवन, उज्जवला आदि याेजनाहरूको बारेमा जागरूक गराइने छ।
विकसित भारत यात्रा मिक्खाेला, किताम हुँदै शुरू भएकाे याे यात्रा आज सालघारी र आसाङथाङसम्म पुगेकाे छ। यस विकसित भारत यात्राकाे समापन आगामी २४ जनवरीमा हुने बताइएको छ। यस यात्रामा भाजपा कार्यकर्ता, विभिन्न ब्याङ्कका कर्मचारी, स्वास्थ्य विभागका कर्मचारी, ग्रामीण विकास विभागका कर्मचारी आदिले सहभागिता जनाएकाे बताइएकाे छ।