गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग आज एयर मार्शल एसपी धारकर (पीवीएसएम, एवीएसएम) एयर अफिसर कमाण्डिङ-इन-चीफ, इस्टर्न एयर कमाण्ड मुख्यालयले शिष्टाचार भेट गरे।
यस भेट अवधि हालैमा सिक्किममा आएको प्राकृतिक आपदामा वायु सेनाले दिएको सेवाहरूको निम्ति राज्यपालले सराहना गर्दै सिक्किमका जनताले संवेदनाको अनुभव गरेको बताएका छन्।
यसैगरी, राज्यपाल र एयर मार्शलबिच विकासत्मक योजनाहरूमाथि चर्चा भएको बताइएको छ, जसमा सिक्किमको जैविक खेती, स्वच्छता र अतिथि सत्कार रहेका थिए। एयर मार्शल धारकरले सिक्किमको प्राकृतिक सुन्दरतालाई अद्भुत बताए। यस अघि एयर मार्शल धारकर बेङलुरुमा नवगठित रक्षा अन्तरिक्ष एजेन्सीका संस्थापक र महानिदेशक पनि रहेको राजभवनद्वारा आज जारी प्रेस विज्ञप्तिमा बताइएको छ।
धारकर एक लडाकू पाइलट पनि हुन्, जससॅंग ३,६०० घण्टाभन्दा धेरै उडानको अनुभव छ। उनले विभिन्न प्रकारको जेट लडाकू र प्रशिक्षक विमान उडाएका छन् भने उनीसॅंग जमीन स्ट्राइकमा महत्वपूर्ण अनुभव पनि छ।