मुख्यमन्त्री तामाङले गरे बुर्तुक निर्वाचन क्षेत्रका जनतासँग भेट

IMG-20240113-WA0216.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आजदेखि अप्पर बुर्तुक निर्वाचन क्षेत्रका जनतासँग भेटको कार्यक्रम शुरू गरेका छन्। जनताको घर-घरमा सेवा पुऱ्याउने अभियानका साथमा शुरु भएको जनता भेट कार्यक्रम केही दिनदेखि यता राज्यको विभिन्न निर्वाचन क्षेत्रमा निरन्तररुपले चलिरहेको छ। यसै क्रममा आज मुख्यमन्त्री तामाङ अप्पर बुर्तुकका जनताहरुसँग साक्षात्कार गर्न पुगेका हुन्।

उनले आज बिहान १० बजीदेखि स्थानीय जनतासँग भेट गर्दै जनताको समस्या साथै गुनासो सुने। जन भेट कार्यक्रम अवधि मुख्यमन्त्री तामाङको साथमा सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती, बुर्तुक वार्डका पार्षद एवं गान्तोक नगर निगमका मेयर निल बहादुर छेत्री, उपमेयर छिरिङ पाल्देन भोटिया लगायत विभागका प्रमुखहरुको उपस्थिति रहेको थियो। मुख्यमन्त्रीले आज क्षेत्रवासीको अर्जी, निवेदन अनि अन्य गुनासोपत्रहरु ग्रहण गर्दै उनीहरूको माग अनि समस्याहरूलाई शीघ्र समाधान गर्ने आश्वासन दिए। यसका साथै मुख्यमन्त्री कार्यालयको चिकित्सा प्रकोष्ठले रोगीहरूलाई उपचारको निम्ति सहयोग प्रदान गरे।

यसरी आफ्नै क्षेत्रमा आएर आफ्नो गुनासो सुनिदिएकोमा साथै तत्काल सहयोग प्रदान गरेकोमा क्षेत्रवासीले मुख्यमन्त्रीप्रति कृतज्ञता व्यक्त गरेका छन्। ज्ञात रहोस्, अप्पर बुर्तुकमा सम्पन्न भइरहेको जनता भेटघाट कार्यक्रम भोलि पनि निरन्तर रहनेछ। आज र भोलि आयोजित यस भेटघाटमा मुख्यमन्त्रीले अप्पर बुर्तुक, अप्पर सिच्चे र लोअर सिच्चेका जनताहरुसँग भेटघाट गर्नेछन् भने १६ जनवरीको दिन लुइङका जनतासँग भेटघाटको कार्यक्रम रहेको जानकारी अप्पर बु्र्तकका सिएलसी अध्यक्ष सञ्जीव गुरुङले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement