सिलगढीमा अर्को दुर्घटना, महिला ट्याङ्करमुनि

237fc861-1670-457d-a44d-bedf179a9adc

सिलगढीः शनिबार बिहान सिलगढी र आसपासका क्षेत्र बाक्लो कुहिरोले ढाकेका थिए। बाक्लो कुहिरोका कारण बारम्बार दुर्घटना हुने गरेको छ। आज पनि सिलगढी सहरको पूर्वी बाइपासमा बिहान सात बजे सडक दुर्घटना भएको छ। सिलगढीको पूर्वी बाइपास क्षेत्रकी एक गृहिणी चुम्की चटर्जी बिहान सात बजे कामको लागि घरबाट निस्किएकी थिइन् । तर एक्कासी सडक दुर्घटना भयो। घरबाट निस्किएपछि ठाकुरनगर क्षेत्रमा ट्याङ्करले ठक्कर दिँदा उनी ट्याङ्करको चक्कामुनि परेकी थिइन्।ट्यांकरको चक्का तिनको दुवै खुट्टा माथिबाट गुज्र्यो । दुर्घटनास्थल देखेर सडकमा गुड्ने अन्य सवारी साधन रोकिएर चालक, यात्रु र स्थानीय बासिन्दा दुर्घटनास्थलतर्फ दौडे । यो जानकारी तुरुन्तै नयाँ जलपाइगढी पुलिस स्टेशनलाई दिइयो। स्थानीय बासिन्दाले महिलालाई उद्धार गरेर सिलगढी जिल्ला अस्पताल पुर्‍याएका थिए। पूर्वी बाइपास ठाकुरनगरस्थित गोदामबाट ट्याङ्कर निस्किरहेको बेला चुम्कीदेवीलाई ट्याङ्करले ठक्कर दिँदा उनी ट्याङ्करको चक्कामा परेकी थिइन्।
उक्त दुर्घटनामा उनको दुवै खुट्टा पूर्णरुपमा भाँचिएको छ । हाल उनको सिलगढी अस्पतालमा उपचार भइरहेको छ । घटनाको जानकारी पाएपछि नयाँ जलपाइगढी थानाको पुलिस घटनास्थलमा पुगेको थियो। तर उक्त क्षेत्रमा ट्राफिक पुलिसको निगरानी नभएकोले कहिलेकाहीँ दुर्घटना हुने गरेको स्थानीयको गुनासो छ । जसका कारण स्थानीय बासिन्दाले सडक अवरुद्ध गर्न थालेका छन् । करिब एक घण्टासम्म सडक जाम भएको थियो । साथै स्थानीयले ट्याङ्कर चालकलाई पक्राउ गरी ट्याङ्कर नियन्त्रणमा लिन माग गरेका छन् । त्यसपछि नयाँ जलपाइगढी थानाका वरिष्ठ पुलिस अधिकारी घटनास्थलमा पुगे र स्थानीय बासिन्दासँग कुरा गरेर उनीहरूलाई आश्वासन दिए। पछि स्थानीयवासीले जाम हटाएपछि पूर्वी बाइपासमा सवारी आवागमन सामान्य भएको थियो ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *