आसम लिङजेमा सम्पन्न भयो एसकेएम पार्टीको सांगठनिक एवम जनसभा

IMG-20240113-WA0218.jpg

रिनाक निर्वाच क्षेत्रबाट विपक्षी उम्मेद्वारलाई फर फिट बनाउनेछौः मन्त्री विष्णु कुमार खतिवडा

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको समष्टीस्तरीय सांगठनिक एवम् जनसभा नाम्चेबुङ निर्वाचन क्षेत्र अन्तर्गत आसामलिञ्जेस्थित सिकोनको प्रेक्षागृहमा सम्पन्न भयो।

उक्त कार्यक्रममा मुख्य अतिथिकोरूपमा रिनाक निर्वाचन क्षेत्रका विधायक एवम् मन्त्री विष्णु कुमार खतिवडा रहेका थिए। यसरी नै विशिष्ट अतिथिहरूमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, क्षेत्र विधायक एम प्रसाद शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि विष्णु कुमार खतिवडाले आगामी चुनाउमा एसकेएम पार्टीले ३२ मा ३२ नै जित्ने ठोकुवा गर्दै २०२४ सरकार गठन गर्ने ठोकुवा गरे। एसकेएम पार्टीले अहिले राजनीतिक शुरू गरिहालेको छैन्, वास्तविक राजनीतिक अबको केही दिनपछि शुरू हुने अवगत गराए। यसपालीको चुनाउमा विपक्षी दलका उम्मेदवारलाई रिनाक निर्वाचन क्षेत्रबाट फोर फिट बनाउने पनि उनले किटान गरे।

यसै क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायक एम प्रसाद शर्माले पाकिमलाई जिल्लाकोरूपमा परिणत गर्नु नै एसकेएम पार्टीको निम्ति सबै भन्दा ठूलो उपलब्धि रहेको बताए। मुख्यमन्त्री तामाङले यस निर्वाचन क्षेत्रका जनतालाई लगाएको गुण हामी सबैले भूल्न नहुने उनले आग्रह गरे। यस क्षेत्रमा एउटा पनि खण्ड विकास कार्यालय नभएको कारण धेरै दुःख भएको थियो, तर अहिले नाम्चेबुङ निर्वाचन क्षेत्रमा खण्ड विकास कार्यालय सुचारूपमा सञ्चालन भइरहेको अवगत गराए।

एसकेएम पार्टी सरकारमा आएपछि यस निर्वाचन क्षेत्रको विभिन्न स्थानमा सडक मार्ग निर्माण गरिएको र विभिन्न स्थानमा पुल निर्माण भएको पनि विधायक शर्माले अवगत गराए। यस निर्वाचन क्षेत्रमा सबै कामहरू पारदर्शी ढङ्गमा गरिएको उनले दाबी गरे। वर्तमान मुख्यमन्त्रीले भनेको कुरामा विश्वास गर्न, तर विपक्षी पार्टीले बोलेको हावाको कुरामा विश्वास नराख्ने उनले स्थानीयहरूलाई आग्रह गरे।

आगामी दिनमा यस निर्वाचन क्षेत्रमा ३५ करोड २ लाखको लागतमा दुईसय वटा घर बनाउने घोषणा गरे। यसरी नै यस निर्वाचन क्षेत्रका एक हजार आमाहरूलाई चालिस हजार गरेर प्रदान गरिने अवगत गराए। यस निर्वाचन क्षेत्रका ४९५ जनालाई सरकारी नौकरी दिइने र यसको प्रक्रिया शुरू भइसकेको जानकारी गराए। एसकेएम पार्टीका नेता अर्थात मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा यस निर्वाचन क्षेत्रका कुनै पनि जाति, धर्म र वर्गलाई अन्याय नभएको ठोकुवा गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *