जोरथाङमा माघे मेलाको युद्धस्तरमा तयारी

IMG-20240113-WA0217.jpg

गान्तोक: आगामी १५ जनवरीदेखि जोरथाङमा शुरू हुने माघे मेलाबारे अहिले युद्धस्तरमा तयारी चलिरहेको छ। उक्त मेलाको उद्घाटन राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले गर्ने आयोजक समितिले जानकारी गराएको छ। १५ जनवरीदेखि शुरू हुने उक्त मेलाको समापन आगामी २१ जनवरीको दिन हुनेछ।

सप्ताहव्यापी यस मेलामा विभिन्न प्रकारको गतिविधि आयोजना गरिने भएको छ, जसमा चिफ मिनिस्टर वन माइल रन, निर्वाचनस्तरीय फुटबल प्रतियोगिता, म्याराथन दौड लगायत अन्य गतिविधिहरूलाई पनि सामेल गरिएको छ। विशेष गरेर उद्घाटन कार्यक्रमको अवसरमा सारेगामा पा लिटल च्याम्पकी विजेता जेत्सेन डोना लामा, मिङमा डी लेप्चा, दिव्या थापा, सुशिला राई अनि शिशिर ठटालले गीत नृत्य प्रस्तुत गर्ने भएका छन्।

सोही प्रकारले १६ जनवरीको दिन प्रसिद्ध गायत एड्रिन प्रधान, मोनिका राई, गिता गुरूङ र रिवास गुरूङले आफ्नो प्रस्तुती दिनेछन्। यसैगरी, १७ जनवरी श्रद्धा राई, सुमी एमसुङ सुब्बा र गिता शर्माले प्रस्तुती दिने आयोजक समितिले जानकारी गराएको छ।

About Author

Advertisement