अलिपुरद्वार: जिल्लाको तालेश्वरगुरी क्षेत्रमा भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्। स्थानीय स्रोतका अनुसार कुकुरलाई बचाउन खोज्दा यात्रुवाहक अटो चालकले नियन्त्रण गुमाएपछि अटो राज्य राजमार्गको छेउमा लडेको हो। अटोमा जम्मा ६ जना यात्रीगण थिए।सबैजना घाइते भएका छन भने जसमध्ये एकको अवस्था गम्भीर रहेको छ। घाइतेहरुलाई जशोडाङ्गा ग्रामीण अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनाको खबर पाएलगत्तै शमुकटला पुलिस घटनास्थल पुगेको थियो।