कुकुरलाई बचाउन खोज्दा दुर्घटना, ६ जना घाइते

IMG-20240113-WA0180.jpg

अलिपुरद्वार: जिल्लाको तालेश्वरगुरी क्षेत्रमा भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्। स्थानीय स्रोतका अनुसार कुकुरलाई बचाउन खोज्दा यात्रुवाहक अटो चालकले नियन्त्रण गुमाएपछि अटो राज्य राजमार्गको छेउमा लडेको हो। अटोमा जम्मा ६ जना यात्रीगण थिए।सबैजना घाइते भएका छन भने जसमध्ये एकको अवस्था गम्भीर रहेको छ‌। घाइतेहरुलाई जशोडाङ्गा ग्रामीण अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनाको खबर पाएलगत्तै शमुकटला पुलिस घटनास्थल पुगेको थियो।

About Author

Advertisement