सिलगढी: सिलगढी ब्वाइज हाई स्कूलको पुनर्मिलन पर्वको अवसरमा विद्यालयका विगत तथा वर्तमान बिद्यार्थीहरुको साथमा शोभायात्रा निकालिएको थियो। शनिबार बिहान विद्यालय परिसरबाट सजिएको शोभायात्रा शहरको हिलकार्ट रोड, सेवक रोड परिक्रमा गरेको थियो। यस विद्यालयका पूर्व छात्र तथा सिलगढीका मेयर गौतम देवले पनि यस जुलुसमा भाग लिएका थिए।

पुनर्मिलन दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ।