तृणमूल कांग्रेस पार्टीको झण्डा जलाएपछि हंगामा, भाजपाको आरोप

e57b4269-5531-49cc-a83d-29883081eb33

कोचबिहारः माथाभाङ्गा १ ब्लकको पचागर ग्राम पञ्चायतको बडा कावरदरा क्षेत्रमा तृणमूल कांग्रेस पार्टीको झण्डा जलाएको घटना सार्वजनिक भएको छ। जसका कारण तनाउको वातावरण देखिएको छ । तृणमूल कांग्रेसले भाजपालाई आरोप लगाएको छ। बिहान ७ बजे पार्टीको झण्डा जलाएको स्थानीयले थाहा पाए। रातको अँध्यारोमा तृणमूल पार्टी कार्यालयमा लगाइएको पार्टीको झण्डा भाजपा समर्थकहरूले जलाएको आरोप छ। तृणमूल नेताहरूले यस विषयमा पुलिस थानामा लिखित उजुरी दिने बताएका छन्। पार्टीको झण्डा जलाएको जानकारी पाएलगत्तै माथाभाङ्गा पुलिस घटनास्थल पुगेको थियो। भाजपाले आरोप अस्वीकार गरेको छ। भाजपाले तृणमूल कांग्रेसमा गुटबन्दीका कारण यस्तो भएको बताएको छ। तृणमूलले भाजपाको नाम बदनाम गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *