तादोङदेखि देउरालीसम्म तिरङगा यात्रा आयोजित

गान्तोक: आजादीका अमृत महोत्सव अन्तर्गत हाल देशमा हर घर तिरङगा अभियान चलिरहेको छ। यसै क्रममा सिक्किममा पनि आज हर घर तिरङगा अभियानलाई सफल तुल्याउनको निम्ति तिरङगा यात्रा निकालियो। राज्यको कृषि विभाग र वागवाणी विभागको संयुक्त पहलमा आयोजित ऱ्याली कृषि भवन परिसरबाट शुरू भएर देउरालीमा पुगेर समापन भएको थियो। यस ऱ्यालीबारे बोल्दै वागवाणी विभागका सचिव बीबी सुब्बाले देश स्वतन्त्रता भएको ७५औं वर्षगाँठको अवसरमा देशभरि आजादीका अमृत महोत्सव पालन गर्दै आइरहेको बताए। यो कार्यक्रम वर्तमान समयमा देशभरिनै सञ्चालन भइरहेको छ सिक्किम राज्यको पनि चारै जिल्लामा यस प्रकारको कार्यक्रम आयोजना भइरहेको जानकारी गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *