टिस्टा भेल्ली मिनी पोस्ट फुटबल टुर्नामेन्ट: भिन्न-भिन्नै म्याचमा लिङलिङ र दोकान गाउँ स्पोर्टिङ क्लब विजयी

IMG-20240113-WA0209.jpg

टिस्टा भेल्ली: टिस्टा भेल्ली बजार गाउँ शान्ति समाजका युवाहरूद्वारा आयोजित मिनी पोस्ट फुटबल प्रतियोगिता अन्तर्गत आज खेलिएको पहिलो चरणको रोमाञ्चक म्याचमा लिङलिङ बनाम तकदाहमाझ भिडन्त भयो, जसमा लिङलिङ क्लब ३-२ गोलले विजय बनेर दोस्रो चरणमा प्रवेश गरेको छ। उक्त खेलमा उत्कृष्ट खेलको प्रदर्शन गर्ने विजय टोलीका खेलाडी विवेक राईलाई ‘म्यान अफ् द म्याच’ छनौट गरेर परितोषिक प्रदान गरियो।

यसैगरी, आजको अन्डर १५ फुटबल प्रतियोगिता अन्तर्गत टिस्टा भेल्ली बजार गाउँस्थित ज्ञानोदय एसएसके खेल मैदानमा खेलाइएको मिनी पोस्ट फुटबल म्याचमा आज दोकान गाउँ स्पोर्टिङ क्लबले बरपीपल स्पोर्टिङ क्लबलाई २-० गोलले पराजित गऱ्यो। उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आफ्नो टोलीलाई विजय बनाउने खेलाडी समिप राईलाई ‘म्यान अफ् द म्याच’ छनौट गरेर आकर्षक पारितोषिक प्रदान गरियो।

युवाहरूलाई मादक पदार्थ तथा ड्रग्स जस्ता कुलतबाट टाढा राख्ने अनि स्कुलको विदाको समय हाल नानीहरूलाई मोबाइलको लतबाट टाढा राखेर खेलकुदमा प्रोत्साहित गर्ने उद्देश्य लिएर उक्त मिनी पोस्ट फुटबल प्रतियोगिताको आयोजना गरिएको फुटबल प्रतियोगिताको आयोजक समितिका मौसम राणाले बताएका छन्। तिनले बताए अनुसार यस प्रतियोगोगितामा विजयी टोलीलाई नगद ४० हजार लगायत आकर्षक ट्रफी अनि पराजित टोलीलाई नगद २० हजार सहित आकर्षक ट्रफी प्रदान गरिनेछ। यसको साथै प्रतियोगिताको अन्तिम फाइनल खेल आगामी ११ फरवरीको दिन विविध रंगारंग कार्यक्रमको साथमा खेलाइने छ।

About Author

Advertisement