जलपाइगढीः जलपाइगढी सहरको बामनपाडा क्षेत्रमा एक विद्यालय शिक्षिकको झुण्डिएको शव भेटिएपछि सनसनी मच्चिएको छ। जलपाइगढी वार्ड नम्बर २० मा एक प्राथमिक विद्यालय शिक्षिकको झुण्डिएको शव परिवारका सदस्यहरूले पहिलो पटक देखे अनि तत्कालै पुलिसलाई खबर गरे। आत्महत्या गरेकी महिलाको नाम बनश्री रोय हो। मृतक महिलाका भाइ प्रितम सरकारले बहिनीको हत्या गरी झुण्डाएको दाबी गरेका छन् । यता श्रीमानले श्रीमतीले किन आत्महत्या गरिन् भन्ने थाहा नभएको बताउँछन्। उनले आफ्नी श्रीमती विगत केही दिनदेखि डिप्रेसनबाट पीडित रहेको दाबी गरे । उनी दिनभर आफैसँग कुरा गरिरहेकी थिइन्। जलपाइगढी कोतवाली थानाको पुलिसले शव बरामद गरी जलपाइगढी मेडिकल कलेज र अस्पतालको शवगृहमा पठाएको छ। साथै सम्पूर्ण घटनाको अनुसन्धान शुरू गरेको छ। तर समाचार लेख्दासम्म लिखित उजुरी भने परेको छैन।