जलपाइगढीको एउटा फलामको पसलमा भीषण आगलागी

ee358f8f-047a-4bf6-ba90-6c498835878c

जलपाइगढीः जलपाइगढी जिल्लाको धुपगढीमा बिहान भीषण आगलागी हुँदा सम्पूर्ण क्षेत्रमा सनसनी फैलिएको छ। मानिसहरू त्रसित बनेका छन्। धुपगढीको एउटा सानो फलामको पसलमा बिहानैदेखि भीषण आगलागी भएको थियो भने तीनवटा दमकलको लामो प्रयासपछि आगो नियन्त्रणमा आएको भएपनि आगो अझै पनि दहनशील पदार्थका रूपमा बलिरहेको छ। धुपगढी पुलिस घटनास्थलमा पुगेको छ भने दमकलले आगो निभाउने प्रयास गरिरहेको छ। आगलागीमा लाखौँ रुपियाँको क्षति भएको पसल मालिक वासुदेव घोषले बताएका छन्।
गोदाममा कागज र प्लाष्टिकका सामग्री र ज्वलनशील पदार्थ भरिएकोले आगलागीले खतरनाक रुप लिएको थियो । दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको थियो । यद्यपी आगलागी कसरी भयो भन्ने खुल्न सकेको छैन। सर्ट सर्किटको कारण आगलागी भएको हुन सक्ने दमकलको प्रारम्भिक अनुमान रहेको छ। दमकलसहित स्थानीयले आगो नियन्त्रणको प्रयास गरे पनि आगो नियन्त्रणमा आउन केही समय लाग्ने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement