दार्जीलिङ: भारत जोडो न्याय यात्रामा अंश ग्रहण गर्न हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स इम्फाल प्रस्थान भएका छन्। कांग्रेस सांसद राहुल गाँधीले भोलि १४ जनवरी २०२४ देखि मणिपूर राज्यको राजधानी इम्फालदेखि भारत जोडो न्याय यात्रा शुरू गर्ने भएको छ। कांग्रेस सांसद राहुल गाँधीको भारत जोडो न्याय यात्रामा अंश ग्रहण गर्न हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स आज बिहान इम्फाल प्रस्थान भएका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले दार्जीलिङदेखि ९६९ किलो मिटरको लामो यात्रा गर्दै इम्फाल पुग्नेछ अनि भोलीटि आईतबारदेखि शुरू हुने भारत जोडो न्याय यात्रामा अंश ग्रहण गर्ने भएको छ। कांग्रेस सांसद राहुल गाँधीको भारत जोडो न्याय यात्रामा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अंश ग्रहण गर्नुको मुख्य कारण गोर्खाहरूको पक्ष राख्न हो भनी बताएका छन्। दार्जीलिङ पहाड एंव भारतीय गोर्खाहरूले आफ्नो हक र अधिकारको मांग विगत धेरै वर्ष अघिदेखि गर्दै आईरहेको छ। तर आजसम्म दार्जीलिङ पहाड एंव गोर्खाहरूले न्याय पाउन सकेको छैन। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले दार्जीलिङ पहाड साथै समस्त गोर्खाहरूलाई न्याय दिलाउन उनी भारत जोडो न्याय यात्रामा अंश ग्रहण इम्फाल प्रस्थान भएको बताइएको छ।