दार्जीलिङको रंगमञ्च भवनको प्रांगणमा हामी काली माताको मूर्तिको पुनर्स्थापना गर्दैछौं: अनित थापा

IMG-20240113-WA0204.jpg

दार्जीलिङ: दार्जीलिङको भानुभवन (गोर्खा रङ्गमञ्च) को प्राङ्गणमा हामी काली माताको मूर्तिको पुनर्स्थापना गर्दैछौं अनि यहाँ मन्दिर नै स्थापना गर्ने छौं भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। उनले यस विषयमा भने, ‘दार्जीलिङ पहाड ईश्वरले वास गरेको भूमि हो। विभिन्न समुदायको आआफ्नै आस्था छ। त्यही आस्थालाई व्यक्त गर्ने एउटा बाहिरी चिन्ह हो भगवानको मूर्तिको स्थापना।’ उनले अघि भने, ‘हिन्दु धर्मावलम्बीको आस्थालाई ध्यानमा राखेर स्वर्गीय सुवास घिसिङले गोर्खा रङ्गमञ्च परिसरमा काली माताको मूर्ति स्थापना गर्नु भएको थियो। पछि विमल गुरुङको समयमा त्यो मूर्तिलाई अन्य ठाउँमा स्थान्तरण गरिएको थिएछ। त्यो स्थान्तरण गरिएको मूर्ति अहिले रुग्ण स्थितिमा पाइयो। मलाई लाग्छ धार्मिक आस्थामा स्थापना गरिएको मूर्तिको पुनर्स्थापना हुनुपर्छ। विगतका नेतृत्वहरूले गरेको कार्यलाई तोड्नु होइन जगेर्ना गर्नुपर्छ। राजनीति गर्ने तरिका बेग्लै होला तर राम्रो कार्य झन् मानिसको आस्था सँग जोडिएको कार्यको सबैले सम्मान गर्नु नै पर्छ। त्यसर्थ हामी काली माताको मूर्तिको पुनर्स्थापना गर्दैछौ। भानुभवन (गोर्खा रङ्गमञ्च) को प्राङ्गणमा मन्दिर नै स्थापना गर्ने छौं।’

About Author

Advertisement