मिरिकमा गोर्खे रैथाने हाटको चौथो हप्ता पूरा: तरूलकाे बजार राम्राे

IMG-20240113-WA0200.jpg

मिरिक: मिरिक लेक साइडमा प्रत्येक शनिबार लाग्ने मिरिक गोर्खे रैथाने हाटको चौथो हप्ता पूरा भएको छ। गत तीन हप्ताभन्दा यस हप्ता हाटमा मानिसहरूको अत्याधीक भीड देखियो। माघे संक्राति पर्वकाे छेकमा लागेकाे चाैथाे साताकाे मिरिक गाेर्खा रैथाने हाटमा तरूलकाे बजार गर्मीएकाे थियाे।यहाँकाे गाउँ घरमा फलेकाे तरूलहरू बिक्रीमा राखिएकाे थियाे जसलाई किन्न मानिसहरूकाे भीड देखियाे।हाटमा घर तरूल, बन तरूल, सिमल तरूल, पिँडालु, इस्कूसकाे जरा, सकरखण्ड आदि धेरै बिक्री भएकाे व्यापारीहरूले बताएका छन्। हाटमा आज केही जातीय परिकारहरू पनि बिक्रीमा राखिएकाे थियाे जहाँ पनि मानिसहरूकाे भीड थियाे। गाेर्खा रैथाने हाटमा बुङकुलुङ बस्तीकाे माछा पनि बिक्रीमा थियाे। हाट सञ्चालक समितिले शनिबार नै अग्रिम माघे संक्राति पर्व पालन पनि गर्याे। यस अवसरमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा आयोजक लेट्स गो फाउण्डेशनका अध्यक्ष दर्शन गुरूङले हाटले सफलताको साथमा एक महिना पूरा गराको बताएका छन्।

हाटमा मिरिक क्षेत्रमा नै उमारेको जैविक साग सब्जी, फल फूल, गोर्खा जातीय खाना आदि राखिएको बताए। यसपाली विशेष गेरर विभिन्न प्रजातिको तरूलहरू किन्न मानिसहरूको अधिक भीड लागेको बताए। उनले हाटले एक महिना पूरा गरेकोमा केक काटेर खुशी मनाएको बताएका छन्। यसका साथै गोर्खे रैथाने हाटमा गत हप्तासम्म आय व्यय तीन लाख रूपियाँसम्म भएको तथापि यसपाली लगभग साढे चार लाख रूपियाँसम्म हुने आफूहरूलाई विश्वास रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement