भारतीय मानवाधिकार एसोसिएशन, दार्जिलिङ जिल्लाको नयाँ कार्यकारिणी समिति गठन

IMG-20240113-WA0191.jpg

खरसाङ: भारतीय मानवाधिकार एशोसिएशन, दार्जीलिङ जिल्लाको वार्षिक आम सभा सिलगढीको प्रणामी मन्दिर रोडस्थित निलकमल अपार्टमेन्टको सभा गृहमा सम्पन्न भयो। सभामा सिलगढी अनि खरसाङ युनिटका सदस्यहरूको उपस्थिति रहेको थियो। सभामा राज्य अध्यक्ष राहगिर फजलको अध्यक्षतामा शुरु गरियो। सभामा सिलगढी अनि खरसाङ युनिटले आफ्नो वार्षिक कार्यक्रमको रिपोर्ट प्रस्तुत गरे। रिपोर्ट अनुसार अधिकार हनन गरिएको घटनाहरू जस्तै महिला उत्पीडन, घर जग्गा जमीनमाथिको अनमेल आदि रहेका थिए। मानव अधिकार एशोसिएशनले पीढीत पक्षलाई न्याय दिलाएको छ भन्ने कुरामाथि सबैले एक मत भई प्रस्ताव ग्रहण गरे। त्यसरी नै एसोसिएशनले स्वास्थ्य अधिकार, बाल सुरक्षामाथि कार्यक्रमहरु आयोजना गरेका थिए। जिल्ला अध्यक्ष रोशना छेत्रीले स्वागत भाषणमा एशोसिएसन २५ अगस्त २००३ मा स्थापना गरिएको उल्लेख गर्दै भने, “मानव अधिकार तब स्थापना हुनेछ जब हरेक व्यक्तिले आफ्नो अधिकार विषय जानकारी राख्छ। मानव अधिकार एसोसिएशनले त्यही जानकारी साथै जनचेतना समाजमा फैलाउने कार्य गर्दछ।”

खरसाङ युनिटका अध्यक्ष सरोज चौहानले आफ्नो सम्बोधनमा सरकारी निकाय, पुलिस प्रशासनसँग मिलेर कार्य गर्ने कुरामाथि जोड दिइन्। जिल्ला सचिव रञ्जिता मोदकले सिलगढीको रिपोर्ट पेश गरेकी थिइन् भने खरसाङ युनिटको रिपोर्ट सचिव तपेश्वर प्रसादले पेश गरेका थिए। सूर्यकुमार छेत्री जिल्ला संयोजकले यसै सभामा पुरानो सबै समिति विघटन गर्दै अब केवल दार्जीलिङ जिल्ला समिति रहने घोषणा गरे। भारतीय मानवाधिकार एसोसिएशन, दार्जिलिङ जिल्लाको नयाँ कार्यकारिणी समितिकाे मुख्य पदमा जिल्ला अध्यक्ष रोशना दीक्षित छेत्री, जिल्ला उपाध्यक्ष ज्योतिकुमार मुखिया, जिल्ला सचिव रञ्जिता मोदक, जिल्ला सह सचिव सरोज चौहानलाई चयन गरिएको छ।

नयाँ कार्यकारिणी सदस्यहरुलाई बधाई अनि स्वागत गर्दै राज्य अध्यक्ष राहगीर फजलले भने, “हामी संगठित भयौं। भारतभरि १ लाख ८६ हजार सदस्य भएको एसोसिएशनको सदस्य हौं हामी। अब मैदानमा गएर काम गर्नुपर्छ। काम गर्ने सदस्यलाई मात्र एसोसिएशनमा राखिनेछ।”
शिक्षाको अधिकारमाथि चालिएको “शिक्षा तपाईको द्वारमा” अभियानलाई तीब्रता दिने अध्यक्षले आह्वान् गरेका छन्।सभामा कालेबुङ जिल्लाका आनन्द लाखोटीया, अफताब अहमदको विशेष उपस्थिति रहेको थियो। सभालाई रञ्जिता माेदकले सञ्चालन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *