खरसाङ: खरसाड नगरपालिका अन्तर्गत वार्ड नम्बर १३ मन्टभियट रोडस्थित रहेको घरमा आज बिहान लगभग ११:३० बजेदेखि आगलागी भएको छ। उक्त घरको मालिक लकीप्रसाद गुरूङ (महादेव गुरूङ) रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार परिवार घर बन्द गरि केही दिन अघि बाहिर गएको र बन्द घरमा कसरी आगलागी भयो भन्ने विषय रहस्यपूर्ण रहेको बताइएको छ। उक्त आगलागी भएको घरमा जम्मा ४ जनाको परिवार रहेको थाहा लागेको छ। उक्त आगलागीको घटनामा उक्त बिल्डिङको दोस्रो तला जलेर नष्ट भएको बताइएको छ। उक्त आगलागीमा लगभग २० लाखभन्दा बेसी जतिको सम्पत्ति क्षति भएको बताइएको छ। उक्त आगलागीको घटना भएको खबर सुन्नसाथ खरसाड अग्निशमन विभागीय पक्षबाट आएर आगो नियन्त्रणमा ल्याउन सफल रहेको बताइएको छ।

यस घटनामा खरसाड पुलिस थानाका आईसी, ट्राफिक ओसी घटना स्थलमा उपस्थित रहेका थिए भने खरसाड नगरपालिका उपाध्यक्ष सुवास प्रधान, एसएई विशाल सुनुवार घटनास्थलमा पुगेका थिए। उनीहरूले आगलागीको घटना निरीक्षण गरेर खरसाड महकुमा अधिकारीलाई जानकारी गराई त्राण विभागीय अधिकारीगणमा क्षय-क्षतिको जानकारी गराएको बताइएको छ।